सम्पर्क

नगर सुधारका लागि एमाले काँग्रेसको ध्यानाकर्षण

चौतारा साँगाचोकगढी नगरपालिकालाई नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त रुपमा ध्यानाकर्ष गराएका छन् । शुक्रबार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापा समक्ष नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटी अध्यक्ष खिल बहादुर श्रेष्ठ र नेपाली काँग्रेस नगर सभापति ईन्द्रलोचन धितालसहितले आगामी नीति कार्यक्रम र बजेट निर्माणका सन्दर्भ सहित १६ बुँदामा ध्यानाकर्षण गराउँनु भएको हो । संयुक्त ध्यानाकर्षणमा एमालेबाटै नगर प्रमुखका प्रत्यासी ईन्द्र नेपाल, उपप्रमुखमा प्रत्यासी बालकुमारी सापकोटा, नेपाली काँग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा चौतारा नगरपालिकाको प्रमुखका उम्मेदवार केशवराज गिरी सहितका दुवै पार्टीका स्थानयि नेतृत्वले नगरपालिकाबाट सम्पादित काममा अपारदर्शीता नीतिगत कमजोरी, विकास निर्माणका कार्यहरुमा भएका सुस्तता, तथा नगरको छवि धुमिल भएको भन्दै यसलाई सच्याएर अगाडि वढ्न दुवै पार्टीले ध्यानाकर्षित गराएका हुन् । संयुक्त ध्यानाकर्षण पत्रमाचौतारा साँगाचोकगढी नगरपालिकाको सम्वृद्व वनाउने चाहना पुरा गर्न र सुसंचालनको निमित्त जिम्मेवार हामी नेपाली काँग्रेस र ने.क.पा. एमाले पार्टीको नगर स्तरिय संयुक्त वैठकको निर्णय अनुसार नगरमा केही नीतिगत कमी कमजोरीका कारण विकास निर्माणका कार्यहरुले गति लिन नसक्ने देखि नगरको छवि धुमिल हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नसकिने भएकाले तपसिल वमोजिमका विषयवस्तुहरु हल गर्न ध्यानाकर्षण गराउँदछौं भनीएको छ । पत्रमा शिक्षक कर्मचारी छनौट, दरवन्दी मिलान, सरुवा वढुवा गर्ने सन्दर्भमा शिक्षक संघ संगठन समाविष्ट एक कार्यदल गठन गरी त्यस कार्यदलको योजना र निर्णयको सिफारिस अनुसार मात्र शिक्षक कर्मचारीहरुको व्यवस्थापन गर्ने , शिक्षक नियुक्ति गर्दा सम्वन्धित वडा शिक्षा समितिको सहमतिमा छनोट तथा निर्णय गर्ने , स्वास्थ्य कर्मचारीहरुको नियुक्ति सरुवा तथा व्यवस्थापन गर्दा कर्मचारीको दक्षता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्ने र सो को जानकारी सम्वन्धित वडा कार्यालयलाई दिनु पर्ने , नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण विषयगत समितिका सम्पूर्ण नीति योजना तथा कार्यक्रमहरुलाई ब्रेकडाउन गरी सवै वडामा समानुपातिक हिसावले विनियोजन गर्नु पर्ने ,वडामा संचालन हुने जुनसुकै योजना तथा कार्यक्रमहरु वडाको सिफारिसमा भएका माग निवेदनलाई मात्र नगरले सम्वोधन गर्नु पर्ने ,वडाको सवै उपभोक्ता समितिहरु गठन गर्दा वडा समितिको रोहवरमा सर्वपक्षिय भेला अनिवार्य गर्ने योजना र कार्यक्रम संग जोडिएका मात्र कार्यक्रम तालिम गोष्ठी गर्नु पर्ने, एकै व्यक्तिलाई धेरैवटा सिपमुलक तालिमहरुमा सहभागी गर्न नहुने, विकास योजनाहरुको अनुगमन तथा मुल्याँकन कार्यलाई एकाद्वार प्रणालीवाट गरिनु पर्ने ,एउटा परियोजनामा दोहोरो निकायको वजेट विनियोजन हुनु नहुने, अत्यावश्यक परियोजनामा सपोर्ट वजेट रहेको भए छुट्टा छुट्टै हरहिसाव र पारदर्शी मुल्याँकन हुनु पर्ने , अनुगमन समितिवाट आएका रिपोर्टको आधारमा मात्र परियोजनामा पुनः वजेट वितरण गर्नु पर्ने र अनियमितता भएमा सम्वन्धित पक्षले सोधभर्ना गर्ने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने ,सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक तथा अशक्तहरुलाई सम्वन्धित वडामै बैंकिङ प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाउने , नगरपालिकामा आवश्यक सामाग्री खरिद, यान्त्रीकरण तथा मर्मत संभार कार्य गर्दा इ टेन्डर प्रक्रिया साथै यस्ता कृषि सामाग्री वितरण कार्य समानतापूर्ण हुनु पर्ने । शाखा प्रमुखहरु नियुक्ति गर्दा योग्यता क्षमता र विधि सम्वत रुपमा कार्यान्वयन गर्नु पर्ने ,महालेखा परिक्षकवाट प्राप्त आन्तरिक लेखा परिक्षण प्रतिवेदनमा उल्लिखत सिं.नं. ७३ र ७६ लाई तत्काल कार्यान्वयन गर्नु पर्ने साथै अन्य सुझावहरुलाई पनि कार्यान्वयन गर्न कार्यपालिकाले निर्णय गर्नु पर्ने ,विषयगत शाखाका शाखा प्रमुखहरुको नाममा भएका वेरुजुको वारेमा कार्यपालिकामा छलफल गरी वेरुजु फटछ्यौट गर्ने कार्य तत्काल कार्यान्वयन गर्नु पर्ने भनीएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सबैको सल्लाह सुझाव अनुरुप नीति निर्माण तथा कार्यक्रम तय गर्ने बताउनुभयो ।