सम्पर्क

बिपद व्यवस्थापनमा स्थानीय तहको चाँसो

यस बर्षको मनसुन भित्रियसँगै बढी बर्षा हुने र गत बर्ष भन्दा बढी बाढी पहिरो आउँन सक्ने बताइरहँदा सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहहरुले बिपद व्यवस्थापनमा बढी चासो दिएका छन् ।
बाह्रबिसे नगरपालिकाले बिपद परिहाल्यो भने त्यसका लागि तत्काल पिडीतका सहयोगका लागि आबश्यक सामाग्री समेत खरिद गरेर जम्मा पारी राखेको छ । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले भूगोलको हिसाबले अत्यन्तै जोखिम भएको नगरपालिका भएकोले यहाँ कुनै पनी बेला कुनैपनि बिपद आउँन सक्ने भएकाले आबश्यक तैयारी गरेको बताउँनु भयो ।
उहाँले जोखिम बस्तीमा टोल विपद समिति गठनका साथै वडा तथा नगरस्तरिय विपद समितिलाई सक्रिय रहिरहने व्यवस्था मिलाइएको र आपतकालिन आश्रय स्थल र आपतकालिन सुचना केन्द्र संचालन भइ रहेको बताउँनु भयो । उहाँले नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्बमन्त्री मोहन बहादुर बस्नेतले हरेक बिपदमा आइपर्ने समस्यासँग जुध्नका लागि तैयारी अबस्थामा रहन हामिलाई दिनु भएको निर्देशन अनूरुप हामिले सकेसम्म बिपत आउँनै नदिने र आइहाले पनि त्यसबाट क्षतीहुन नदिने तर्फ सचेत रहँदै बिपदमा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था मिलाउँन नगरपालिकाले आबश्यक तैयारी गरिरहेको बताउँनु भयो ।
त्रिभुवन यूनिभर्सिटीको सहयोगमा जम्बुको तल्लो बेलिब्रिजमा बाढीमापन केन्द्र जडान गरिएको छ भने वडा नं. २ को जोखिमा रहेको स्याङसिङमा आपतकालिन आश्रय स्थल निर्माण गर्न पहल भैरहेको छ । नगर बिपद व्यवस्थापन शाखाका दुर्गा प्रसाद भण्डारीले नगरपालिकाले बिपद व्यवस्थपनका लागी प्रदेश सरकारबाट यस नगरपालिकालाई विपद् न्यूनिकरण कार्य गर्न १० लाख अनुदान प्राप्तभै त्रिपाल तारजाली खरिद प्रकृया पुराभै सामाग्री प्राप्त हुने चरणमा रहेको जानकारी दिनु भयो । उहाँका अनुसार सालघारी पहिरो नियन्त्रण न्यूनिकरणको लागि पनि १० लाख प्राप्त भै कार्यान्वयनको चरणमा रहेको छ ।
आवास पुननिर्माणको लागि १ सय ४० परिवारले आवास सम्झौता भएको छ । यस वर्ष पुर्नस्थापनामा परेका २२ परिवारले धनिपुर्जा प्राप्त गरि आवस निर्माण भैरहेको यसवर्ष आगलागीवाट नगरपालिकामा ४ परिवारको ४ घर नष्ट भएको छ । विपदमा परेका परिवारलाई तत्काल राहत सामाग्री उपलब्ध गराएको छ ।
त्रिभुवन यूनिभर्सिटीको सहयोगमा जम्बुको तल्लो बेलिब्रिजमा बाढिमापन केन्द्र जडान गरिएको बताउँनु भएको छ । वडा नं. २ को जोखिमा रहेको स्याङसिङमा आपतकालिन आश्रय स्थल निर्माण गर्न पहल भैरहेकोछ,रुकुमा पश्चिम २०३र जाजरकोटमा ४ सय ४२ गरी जम्मा ६ सय ४५ परिवारलाई ब्लाङकेट वितरण गरिएको थियो । विपद् ऐन, कोष संचालन कार्यविधि आपतकालिन कार्य संचालन कार्यविधि मौषम पुर्वानुमान सुचना संचालन कार्यविधि नगर सभाबाट पारित भएको छ ।
जसमा नगरपालिका क्षेत्रमा रहेका प्रकोपको निगरानी गर्ने गराउने, जल तथा मौसम विभागबाट प्राप्त हुने मौसम पुर्वानुमान तथा अन्य निकायबाट प्राप्त हुने विभिन्न प्रकोपको पूर्वनुमान सुचना प्राप्त गर्ने, विभिन्न श्र्रोतबाट प्राप्त सुचनाको विश्लेषण गर्ने, प्रकोप जोखिम न्युनीकरण पुर्व सवधानी तथा प्रतिकार्य गर्न आवश्यक; सुझाव; हितको सुचना तयार गर्ने र सम्बन्धित निकाय, समुदाय र सरोकारवालालाई सम्प्रेषण गर्ने गराउने, नगरपालिका
क्षेत्रमा रहेका प्रकोपको निगरानी गर्ने गराउने, जल तथा मौसम विभागबाट प्राप्त हुने मौसम पुर्वानुमान तथा अन्य निकायबाट प्राप्त हुने विभिन्न प्रकोपको पर्वनुमान सुचना प्राप्त गर्ने, विपद्को अवस्थामा पीडितहरूलाई तत्काल खाने कुरा, विस्थापित भई शिविरमा बसेकालाई चामल, दाल, नुन, तेल आदि खाद्य सामग्री उपलब्ध गराउने, खाने कुरा पकाउनको लागि आवश्यक प्रवन्ध मिलाउने काम
गरिने भएको छ । आपत्काल भन्दा पहिले नै कुपोषित व्यक्तिहरू बिरामी र मृत्युको लागि बढी जोखिममा पर्ने भएकाले खाद्य सामग्री उपलब्ध गर्दा नै पोषणलाई ध्यानमा राखी खाद्यको प्रबन्ध मिलाउने काम गर्ने भएको छ । यसका साथै गत बर्ष बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको मारबाट
विस्थापित भएका परिवारलाई नगरपालिकाभित्र जग्गा उपलब्ध गराइ पुर्जा वितरण गरेकोे छ ।