सम्पर्क

सिन्धुपाल्चोकमा पनि थुप्रै राष्ट्रिय प्रतिभाहरु जन्मेका छन्ः मोहन बस्नेत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननिय मोहनबहादुर बस्नेतले ‘सिन्धुपाल्चोककोे भीर पाखामा फुटबल ग्राउण्ड बनाएको बताउँनु हँुदै पाँच किलोमिटर टाढा पाइपबाट पानि लिएर स्विमिङ पुल बनाएको बताउँनु भएको छ ।
उहाँले बिहान, बेलुका खेलाडीहरू आइरहनुभएको बताउनुभयो । हरेक वडामा एउटा खेल मैदान र एउटा स्वीमिङ पुल भन्ने किसिमले अगाडि बढाइरहेका छौँ भन्नु भएको छ । पूर्वमन्त्री बस्नेतले ‘लामासाँघुमा खेल मैदान बनाएपछि सिन्धुपाल्चोकका खेलाडीहरू राष्ट्रिय प्रतिभाहरू दर्जनौको संख्यामा उत्पादन भएका छन् भन्नु भयो ।’
त्यसैले हरेक बिकासमा बजेटसँगै बिकासका लागि मन चाहिन्छ भन्नुभयो ।
उहाँले गणेशमान सिंहलाई १० लाख, मदनभण्डारी एकेडेमीलाई २ करोड बजेट
छुट्याएर पक्षपात गरेको बताउँनु भयो । उहाँले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदैे खेलकुदको बजेट विनियोजन दवावमा बनेको तथ्यले पुष्टि गरेको बताउँनु भयो ।
उहाँले ‘बजेट कम छ तपाईले धेरै ठाउँमा
बाँड्नुभएन । त्यसमा तपाईको कमीकमजोरी छैन । गल्ती छैन । तर, प्राथमिकीकरण के केमा गर्नुपर्ने हो भन्ने कुरामा तपाईको भूमिका कमजोर देखिएको छ ।
त्यति मात्रै होइन दवावमा यो बजेट बनेको कुरा म एउटा उदाहरण दिन चाहन्छु । गणेशमान सिंह स्मृति, पुरुष र महिला बक्सिङ प्रतियोगितामा गत वर्ष ५० लाख रुपियाँ छुट्टाइएको थियो । अहिले तपाईले झारेर १० लाख पार्नुभए छ । मदनभण्डारी स्मृति स्पोर्टस् एकेडेमीमा ५० लाख थियो, दुई करोड पु¥याउनु भयो ।
यो त भएन नी ? यो आपत्तिजनक छ । त्यसैले यो दवावमा बनाइएको बजेट हो भन्ने कुराको प्रमाणीत भएको छ भन्नु भयो । बस्नेतले ‘धेरै कुराहरू उठे बजेट कम भएको छ भन्नेबारेमा मन्त्रीज्यू पनि युवा नै हुनुहुन्छ । यहाँ राजीनामाका कुरा पनि आए । ‘राजीनामाको कुरा होइन हिम्मत गरेर अगाडि बढ्नुस् । यस्तो युवाहरूले अरुलाई निराश हुने कुरा नगर्नुस भन्नु भयो । उँहाले कुनै बेला ओलम्पिक गेममा जितबहादुर केसी जानुभएको थियो, म्याराथन धावकको हैसियतले दौडदा दौडदै जुत्ता च्यातियो । आधा दौडसम्म उहाँ अगाडि हुनुहुन्थ्यो । जुत्ता च्यातिएपछि खाली खुट्टा हिँड्नुभयो ।
रगताम्य हुनुभएको उदाहरण दिदै ‘त्यस्तो अवस्थाबाट नेपालको खेल क्षेत्र शुरु भएको मा अहिले त केही राम्रो भएको छ भन्नु भयो । उँहाले ‘उदाहरणको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको क्याबिनेटमा म पनि स्वास्थ्यमन्त्री थिएँ । पैसा एकदमै कम भयो । १२ अर्ब पैसा मैले थप गरेर लगेको मैले बजेट भाषणपछि निराश हुनुपर्ने कुरा छैन’, काम गर्ने हो काम गर्नेलाइ बजेटको खाँचो हुँदैन बजेटमा मात्र होइन काममा पनी बिश्वास गर्न सक्नु पर्छ भन्नु भयो ।
‘नेपालमा धेरै खेलाडी अलमलिएका छन् ।
अलपत्र परेका छन् । खेलाडी भएर आफ्ना घरपरिबार, छोराछोरी, बाबुआमा, उसको जीवन धान्ने उपाय गर्न सक्छ की सक्दैन ? खेलकुदमा जिन्दगी बिताएर ? जबसम्म त्यो अनुभूति खेलाडीलाई हुँदैन । खेलाडी भएर पनि म बाँच्छु मप्रति आश्रित परिवारलाई मैले पाल्न सक्छु भन्ने कुरा हुँदैन त्यो बेलासम्म खेल क्षेत्रमा विकास हुँदैन । त्यो हामीले गर्न सकिरहेका छैनौँ । कसैको पनि सरकार भएको बेला खेल क्षेत्रलाई प्राथमिकता दिएको छैन’, उहाँले प्रश्न राख्नु भयो ‘कुन कुन मेडल चाहिँ नेपालीहरूले बढि लिन सक्छन् ? त्यो हेरेर हामीले प्राथमिकीकरण गर्नु पर्छ ।
टिमवर्कमा पनि नेपालीहरूमा सुधार भएको छ । क्रिकेटको कुराहरू सुधार धेरै भएको छ । तर, सिङ्गल लड्ने त्यसमा पनि वेटको आधारमा लड्ने गेमहरू नेपालीहरूले बढि जितेका छन’, भन्नु भयो ।