सम्पर्क

मंगलामाइ माबीले मनायो योग दिवस

पृथ्वीजंग पाण्डे / पिस्कर

त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्कर तथा पालिकाको केन्द्रमा रहेको मंगलमाइ माबिले विश्व योग दिवस भब्य रुपमा मनाएको छ। असार ७ गते शुक्रबार योग प्रशिक्षक सुरेन्द्र शर्मा तथा स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

“महिला सशक्तीकरणका लागि योग“ र “आफू र समाजका लागि योग“ भन्ने भावका साथ १० औं अन्तर्राष्ट्रिय (विश्व) योग दिवस मनाइयो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थितमा योगको परिचय सहित प्रशिक्षक शर्माले विभिन्न प्रयोगात्मक रूपमा शिक्षक तथा विद्यार्थीहरुलाइ योगको अभ्यास गराउनु भएको थियो।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।