सम्पर्क

लिसखु पाखर गाँउपालिकामा बुझायो काँग्रेसले पत्र

सिन्धुपाल्चोक जिल्ला लिसखु पाखर गाँउपालिकामा नेपाली काँग्रेसले ध्यानकर्षण पत्र बुझाएको छ । नेपाली काग्रेसका पालिका पाटी सभापती जेठा तामाङको नेतृत्वमा पालिकामा गएको समुहले पालिकाका अध्यक्ष राजु लामा र उपध्यक्ष मिठुदेबी लामालाइ शुक्रबार पत्र बुझाएको हो । पत्रमा स्थानिय सरकारबाट संचालन भएका बिकास निर्माणका कार्यहरुमा गुणस्तर कायम हुन नसकेको कर्मचारीको दक्षता नभएको, योजना छनौटमा राजनितिकरण भएको तथा योजनाहरुमा प्राथमिकिकरण नभएको जस्ता जनगुनासोहरु आम जनताहरुबाट आईरहेकोले सो कुरा प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  पत्र बुझाउँन नेपाली कांग्रेस लिसंखु पाखरका सभापति, सचिव, प्रवक्ता, इकाई सभापतिहरु लगायत नेपाली कांग्रेस का नेता तथा कार्यकर्ताहरु गाउँपालिका जानु भएको थियो । पत्र बु्रझदै पालिका अध्यक्ष राजु लामा ले सबैको सल्लाह र सहमतीमा आफुले काम गरिरहेको र गरिरहने बताउँनु भयो ।