सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सागर खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खोप तालिका अनुसार नगरका ७ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।“
गाउपालिका अध्यक्ष राजु लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जनस्वास्थ्य अधिकृत दुर्गा बजगाई, अतिथी गाउपालिका उपाध्यक्ष मिठुदेबी लामा, प्रमुख प्रसासकिय अधिकृत बिनोद कार्की, वडा नं. २ का वडा अध्यक्ष बिजय योञ्जन, वडा नं ३ का वडा अध्यक्ष मानबहादुर लामा वडा नं. १ का वडा सदस्य रिबेक घिसिङ महिला स्वास्थ्य स्वयमसेबिकाहरु गाउँपालिका भित्रका स्वस्थ्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईले बालबालिकाहरुको स्वस्थ्य प्रति ध्यान दिदै यस बर्ष दादुरा रुबेला र आईपिभि खोप सञ्चालन भई सकेको बताउदै लिसंखुपाखर गाउपालिकाको सबै वडाबाट सुचकको आधरमा घरधुरी सरबेक्षण गरि बालबालिकाहरु कुनै पनि खोप लगाउनबाट बञ्चित नरहेको हुदा आज गाउपालिका पूर्ण खोप सुनिस्चितता घोषणा भएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाको ७ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
