सम्पर्क

बाह्रविसे नगरपालिकाको १५ औ नगरसभामा जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले गर्नू भएको सम्बोधन

a

 

कर्मचारी साथीहरु, सुरक्षा निकाय, पत्रकार मित्रहरु उपस्थित महानुभावहरुमा नमस्कार संघीयतापछि जनताको सबैभन्दा नजिकको आफ्नो सरकार, स्थानीय सरकार मध्ये बिकास र समृद्धिको हिसावले बाह्रबिसे नगरपालिका जिल्लाकै सबैभन्दा जनताका जनजिविका सम्बोधन गर्ने स्थानीय सरकार हो । सिन्धुपाल्चोकको तीन नगरपालिका र नौ गाउंपालिका मध्ये जनताको समग्र बिकास र समृद्धिमा काम गर्ने स्थानीय सरकार पनि बाह्रबिसे नगरपालिका रहेको दुई मत छैन् ।
बाह्रबिसे नगरपालिकाले जनताका मुख्य देखि साधारण समस्याको पहिचान र आवश्यकताको आधारमा बजेष्ट बिनियोजन गरी जनताका सामाजिक, आर्थिक, सांस्कृति समृद्धि हाँसिल गरिरहेको छ ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको छ । पुल पुलेसा, सिचाई, कृषि क्षेत्रमा उल्लेख्नीय कार्य गरिरहेको छ । प्राकृतिक विपद्मा परेका, महामारीमा परेकाहरुको उद्धार, राहत, पुर्नवासमा नगरपालिका, मेयर, उपमेयर, वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिले अत्यन्तै महत्वपूर्ण कार्य गर्दै आईरहेको छ । जनताको सरकार भनेको बाह्रबिसे नगरपालिका हो भन्ने कुरा नगरपालिकाले आफूलाई सावित गरिहरेको छ ।
त्यसकारण आजको यस नगरसभाले पनि विगतका वर्ष ॐ आगामी दिनमा पनि जनताका जनजिविका केन्द्रीत योजना बनाई कार्यान्वयनमा जानेछ भन्ने विश्वास लिएको छ ।जनतालाई गाउँबजारमै टिक्न सक्ने र बिक्न सक्ने सीपमुलक, आयमुलक, स्वरोजगारमुलक कार्यमा नगरलै त्यस्ता नीति तथा कार्यक्रम लिने छ भन्ने पनि विश्वास लिएको छ । जनतामुखी कार्य प्रगतिको शुभकामना पनि दिन चाहान्छु ।साथै आजका प्रमुख अतिथि तथा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय मोहनबहादुरबस्नेतज्यूलेयस नगरपालिकालाई बिकास निर्माणको हिसावले जहिल्यै पहिलो स्थानमा राख्दैआउनु भएको छ । यो नगरपालिका उहाँको गृह नगर पनि हो । शिक्षा, स्वास्थ्य, सडक, कृषि क्षेत्र, खानेपानी, भौतिक पूर्वाधारमा माननीय ज्यूको योगदानको व्याख्या गरी साध्य छैन् ।
बाढी पहिरो जस्ता ठूला विपद्का घटनामा महामारी, आगलागी, दुर्घटनामा सबै भन्दा पहिलो पुग्ने र पीडितको उद्धार, राहत र पुर्नबासमा काम गर्ने नेताको रुपमा माननीय ज्यूले जनताको नेता भन्ने छवि र पहिचान बनाउनु भएको छ ।
वास्तवमै पूर्व मन्त्री ज्यू बिकास गर्ने, जनताका समस्या समाधान गर्ने नेताको रुपमा चिनिनु
हुन्छ । मन्त्रीज्यू कै पहल कदमीमा जिल्लाको मुहार फेरिएको छ । उहाँको कामले मुलुकमा हलचल छाएको छ ।
अन्तमा बाह्रबिसे नगरपालिकाको १५ औं नगरसभा सफताको कामना गर्दै मेरो भनाई यहि अन्त गर्दछु । धन्यवाद जय नेपाल