सम्पर्क

सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा असार २९गते चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष समारोहबीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा तोकिएका उमेर समूहका बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विकास साझेदार र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पूर्णखोपको उपलब्धिलाई दीगो बनाउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।जिल्ला पूर्णखोप समन्वय समितिका अनुसार पूर्णखोप सुनिश्चितता कायम राख्न नियमित अनुगमन, अभिलेख व्यवस्थापन, समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।समारोहमा खोप कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मी, स्थानीय तह, सरोकारवाला संस्था तथा समुदायप्रति आयोजकले धन्यवाद व्यक्त गरेको थियो।“खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ“ भन्ने सन्देशलाई आत्मसात गर्दै सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै नियमित खोप लगाउन पनि आग्रह गरिएको छ।कार्यक्रममा नियमित खोप पाउनुपर्ने जिल्लाका सबै बालबालिकाले १४ प्रकारका नियमित खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कर्यालयका प्रमुख दुर्गा बजगाईंले बताउँनु भयो् ।सो अबशरमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १०३ वडामा रहेका १५१ स्वास्थ्य संस्था तथा ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनबाट खोप अभियान सफल भएको जानकारी दिनु भयो । खोप पाउनुपर्ने लक्षित समूहले आवश्यक सबै खोप प्राप्त गरेको तथा १६ देखि २३ महिनाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पूरा गरेको घोषणा गरिएको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्ण खोप सुनिश्चित गर्नु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि भएको उल्लेख गर्दै यस उपलब्धिलाई दीगो बनाइराख्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताउँनु भयो ।    उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएकाले यसको निरन्तरता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गरिएको बताउँनुभयो ।मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पूर्ण खोप सुनिश्चित अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको योगदान प्रशंसनीय रहेको बताउँनुभयो ।विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने भएकाले खोपको निरन्तरता, निगरानी र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने बताउँनुभयो । साथै बागमती प्रदेशद्वारा प्रदान गर्ने पूर्ण खोप सुनिश्चितताको प्रमाण – पत्र समेत जिल्ला खोपसमन्वय समितिलाई हस्तान्तरण गरेका थिए ।