सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरका सबै नागरिकहरु निरोगी र स्वस्थ रहे मात्र नगर बिकासमा सहयोग पुग्ने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भएको छ ।
उहाँले बजारमा गुणस्तरहिन सामाग्रीका कारण स्वास्थमा असर पुग्ने बताउँदै गुणस्तरहिन सामाग्री बिक्री बितरणमा रोक लगाउँन उपभोक्ता सक्षम हुन पर्ने भएकाले नगरबाट उपभोक्तहरु संस्थालाई सक्रिय गराउँनका लागि आर्थिक सहयोग गरिरहेको बताउँनु भयो । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिकाविच सँधै समन्वय रहेको बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षण मञ्चलाई प्रत्येक बर्ष केहि मात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । उहाँले उपभोग्य सामान बजारीकरण गरेर नागरिकलाई स्वस्थ्य राख्नु नगरको उदेश्य रहेको बताउनुभयो । यसमा उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी स्थानिय तह लगाएत सबै निकायको उत्तिकै भुमिका रहने उहाँले बताउनुभयो ।
उहाँले यहाँ उत्पादन भएका भएका बस्तुहरुलाई बजारिकरणका लागि नगरपालिकाले नीति बनाएर अगाडी बड्ने बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले उपभोक्ता हित संरक्षण मञ्चले अहिलेसम्म सबैको मन जित्ने काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नागरिकसँग प्रत्यक्ष सम्बन्धित काम भएका कारण यसले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गाउँका कृषकहरुको बजारको समस्याको समाधान निराकरणमा सवै लाग्नु पर्नेमा जोड दिनुभयो ।
मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँले कार्यालय स्थापनाले काम गर्न सहज हुने बताउँदै मेलम्ची नगरपालिकासंग सहकार्य गरेर अझै काम गर्ने बताउनुभयो । उपभोक्ताको बिषय र बजार व्यवस्थापनको जिम्मेवारी अतिनै महत्वपूर्ण काम रहेको बताउँदै संस्थाको कार्यलाई दिगो बनाउन लाग्न आग्रह गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका अध्यक्ष सालीग्राम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँ लगायतले मेलम्ची बजारमा कार्यालयको उद्घाटन गर्नुभएपछी मेलम्ची क्षेत्रमा उपभोक्ताहरुमा खुशी छाएको छ ।
