सम्पर्क

शिक्षक संघको आयोजनामा शिक्षकहरुलाई एक दिने कार्यशाला सम्पन्न

नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाले कक्षा १–३ को थिमगत सिकाइ उपलब्धि मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । ज्ञानमन्दिर नमूना माध्यमिक विद्यालयको हलमा भएको उक्त कार्यशालामा नगरपालिकाका कक्षा १–३ मा अध्यापन गर्नुहुने ६० जना शिक्षकहरु सहभागी भएको थियो । “चौतारा साँगाचोकगढी नगरपालिकाले असार १३ गते देखि कक्षा ४–१० को प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिने भएको छ । तर कक्षा १–३ को भने थिमगत सिकाइ उपलब्धिका आधारमा मूल्यांकन गरिनु पर्ने प्रावधान पाठ्यक्रमले निर्धारण गरिएको छ । यसै सन्दर्भमा समय सपेक्षा कक्षा १–३ अध्यापन गर्नुहुने शिक्षकहरुलाई थिमगत सिकाइ उपलब्धि मूल्यांकन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो” संघका सचिव सुनिल तामाङले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल शिक्षक संघका संघीय समितिका सदस्य तुलसीप्रसाद दंगालले औपचारिक उदघाटन गर्दै शिक्षक संघ चौसँगढीले गरेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । उहाँले नेपाल शिक्षक संघको स्थापनाबारे स्पष्ट गर्दै नेपाली शिक्षकहरुको हक र अधिकारमा आफ्ना बुलन्द आवाज उठाउँदै आइरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दंगालले शिक्षक संघ सधैभरि नेपाली शिक्षकहरुलाई परेका समस्या समाधान र हक अधिकार सुनिश्चिततामा रहेको समेत बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष निर्मला तिमिल्सिनाले शुभकामना व्यक्त गनु भएको थियो भने उपस्थित सबैलाई स्थानीय समितिका सह सचिव अर्थ चिनीमाया तामाङले स्वागत गरेका थिए । कार्यक्रममा संघीय प्रतिनिधि केशवलाल श्रेष्ठ, जिल्ला कार्य समितिका सचिव अर्थ नारायणप्रसाद नेपाल र शिक्षक महासंघ सिन्धुपाल्चोकका सहसचिव ज्ञानबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यशालालाई सहज सलतापूर्वक सम्पन्न गर्न नगरपालिकाले प्रकाशन गरेको अभिलेख पुस्तिका १५ वटा उपलब्ध गराउनु भएको थियो । उक्त मूल्यांकन अभिलेखीकरण पुस्तिका कसरी प्रयोगमा ल्याउने भनी र कक्षा १–३ मा अध्ययन गरेका बालबालिकाको व्यवहार कुशल सीपका आधार थिमगत सिकाइ उपलब्धिको मूल्यांकन गरी कसरी अभिलेख गर्ने भनी कार्यशालामा सहभागी शिक्षकहरुलाई सहजकर्ताद्वय डम्बरबहादुर श्रेष्ठ र पुण्यप्रसाद गजुरेलले मूल्यांकन गर्ने तरिका र अभिलेख सम्बन्धी सहजीकरण गर्नुभएको थियो । नेपाल शिक्षक संघले गरेको यो कार्यशाला अत्यन्तै प्रभावकारी रहेको र समय सापेक्ष भएकोले पनि शिक्षकहरु शनिबारका दिन पनि कार्यशालामा सक्रिय भएर सिक्नुभएकोले नै शिक्षक पेसा अरु पेसाभन्दा फरक रहेको कार्यक्रमका सहजकर्ता गजुरेलले बताउनु भयो । सहभागी शिक्षकहरुको प्रतिनिधित्व गर्दै गुणकेशरी श्रेष्ठले नगरपालिकाले शिक्षकहरुका लागि यस्तो कार्यक्रम सञ्चालन गर्दा सहभागी हुने अवसर नपाएको तर शिक्षक संघले समय सापेक्ष कार्यक्रमका आयोजना गरी सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए । कार्यक्रमको समापनमा नेपाल शिक्षक संघ बागमति प्रदेशका निवर्तमान उपाध्यक्ष यज्ञप्रसाद दंगालले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । उहाँले नेपाल शिक्षक संघले सहरानीय कार्य गरेकोमा स्थानीय समितिलाई धन्यवाद व्यक्त गर्दै नेपाल शिक्षक संघ शिक्षकहरुको पेसागत सुरक्षा र संगठनविस्तारमा लागिरहेको बताउनु भयो ।         नेपाल शिक्षक संघ स्थानीय समितिका अध्यक्ष सुबत्रा खत्रीले सहभागी, सहजकर्ता अतिथिहरु र हल उपलब्ध गराउनुभएकोमा विदालय सबैलाई धन्यावाद दिँदै कार्यक्रम समापन गनूभएको थियो । पाठ्यक्रम परिमार्जनसँगै हाल कक्षा १–३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा रहेका छन् । साविकको पाठ्यक्रम भन्दा एकीकृत पाठ्यक्रम फरक रहेको छ । हाल कार्यान्वयनमा रहेको पाठ्यक्रममा विषयगत नभइ थिमगत सिकाइ उपलब्धि समावेश गरिएको छ ।