सम्पर्क

आयुर्वेद सेवा प्रवद्र्धनबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाको प्रमुख अतिथ्यतामा र साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको विशेष अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो । आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकका प्रमुख डा अञ्ज कार्किको अध्यक्षतामा भएको कार्यक्रममा राम पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय का प्रमुख डा. अन्जु कार्कीले कार्यालयको आर्थिक वर्ष ०८०÷८१ मा सम्पादन गरिएका कार्यक्रम तथा वार्षिक रुपमा गर्दै आएका कार्यक्रम, चिकित्सालयबाट प्रदान हुने सेवाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । डा.कार्कीका अनुसार चिकित्सालयबाट आर्थिक वर्ष ०८०÷८१ को ज्येष्ठ मसान्तसम्ममा २१ हजार २ सय ४७ जनालाई सेवा प्रदान गरेको छ । जसमा १२ हजार ७ सय ४७ जनाले बहिरङ्ग सेवा लिएका छन भने ३ सय ६८ स्तनपायी आमालाई दूधवद्र्धक खानेकुरा दिएको २ हजार ७ सय ३३ ज्येष्ठ नागरिकलाई सेवा लिएका छन् । यस्तै पूर्व कर्म, पञ्चकर्म, योग, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कार्कीले जानकारी दिनु भयो उाहाले हरेक बर्षको पहिलो बर्ष र अन्तिममा बर्यमा २ पटक यसरी अन्तरक्रिया गरिरहेको बताउनु भयो।हरेक मङ्गलबार बिहान ८ बजे देखि नसा सम्बन्धिरोगको उपचार गरिने गरेको जानकारी दिनु भयो । उँहाले आयुर्वेदको महत्व छायाँमा परेको भन्र्दै प्रचार प्रसारमा संचारकर्मीहरूले जोड दिनुपर्ने बताउँदै १२ वटा स्थानीय तह रहेको जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैन भन्नु भयो ।   जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले २३ प्रकारको औषधीहरु निःशुल्क वितरण गर्दै आएको डा. कार्कीले जानकारी दिनु भयो । कार्कीले आयुर्वेद सेवाको प्रवर्द्धनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । कायैक्रमका प्रमुख अतिथी नगर उप प्रमुख सिता थापाले आयोर्बेदीक पद्धती मानीसका लागी अती महत्वपुर्ण साबीत हँुदै गएकोले यसको बिकासका लागी स्थानीय सरकारले आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै बिशेष अतिथी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले स्वास्थ्यलाई ध्यान दिदै आयुर्वेद पद्धतीलाई जोड दिनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय का रबिन्द्र भट्टराई ले सञ्चालन गर्नु भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघका अध्यक्ष जिबन श्रेष्ठले सञ्चार कर्मीहरुले आआफ्नो ठाँउबाट गर्न सक्ने सहयोग गरिरहेको बताउँनु भयो ।