सम्पर्क

वडा स्तरीय मावि तह निबन्ध लेखन प्रतियोगितामा प्रशान्त पुरी प्रथम

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा सेतीदेवी माविका कक्षा १० मा अध्ययनरत छात्र प्रशान्त पुरी प्रथम हुनुभएको छ । “कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगितामा द्धितीय कुण्डलादेवी माविका कक्षा १० मा अध्ययनरत छात्रा सुनिता ढुङ्गेल, तृतीय स्थान सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा सहारा ढुङ्गेल र कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिक्षा फुँयालले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको हो ।
सोमबार चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा १३ नं. वडाका वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष होमनाथ चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा सेतीदेवी मावि र कुण्डलादेवी माविका ४/४ जना गरि ८ जना विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमश रु. २,०००।–, रु. १,५००।–, रु. १,०००।– र रु. ५००।– नगद तथा प्रमाण–पत्र सहित सम्मान गरिएको संस्थाका अध्यक्ष होमनाथ चौलागाईले जानकारी दिनुभयो ।