सिन्धु पाल्चोक जिल्लाको लिसन्खु पाखर गाउँ पालिका को १६ औ गाँउ सभा नेकपा एमाले गाँउ पालिका पार्टी कमिटी र नेकपा एमाले संसदिय दलको तर्फबाट असमत जनाउँदै बहिस्कार गरेका छन।
गाउँ
पालिका का उपाध्यक्ष मिठुदेवी लामाले पालिका अध्यक्षलाई जानकारी पत्र बुझाउदै आफ्नो तर्फबाट गाउँ सभा बहिष्कार गर्नु भएको हो। विभिन्न उपसमितिको बैठकमा बजेटको बारेमा छलफल गरी प्रकृया पुर्याएर बजेट सभामा पेश गर्नुपर्नेमा त्यसो नगरी रातारात अध्यक्षले बजेट निर्माण गरी पेश गर्न लागेको कुरा गुनासो उपाध्यक्षले गर्नुभएको छ। उपाध्यक्षको पत्र बुझे पनी पालिका अध्यक्षले भने सभा सञ्चालन गर्नु भएको थियो ।
बिहान ११ बजे सभा सुरु गर्ने कार्यतालिका रहे पनि दिउसो १बजे तिरबाट मात्र सभा सुरु भएको थियो। यसै गरी सुनकोशी गाँउपालिकाका उपाध्यक्ष सहीत कार्यपालिकाका बहुमत सदस्यहरु अनुपस्थित भइ सभा बहीस्कार गरेका कारण गाँउसभा स्थगित गरि असार २६ गते पुन बोलाइएको छ।
