११ असार, काठमाडौं । सिन्धु पाल्चोक जिल्ला निर्बाचन क्षेत्र १का सांसद माधव सापकोटा ’सुबोध’ले संसदबाट सबैलाई गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ । उँहाले संसदमा आफूले प्राय गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति, पीडा र अप्ठेरोबारे बोलेको स्मरण गर्दै सिन्धुपाल्चोक जिल्लाका बारेकमा जानकारी गराउँनु भयो । मंगलबार संसदको शून्य समयमा धारणा राख्दै सांसद सापकोटाले ’सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो, मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ ।’
लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराउँनु भयो । उहाँले दुध उत्पादमा चर्चीत बिन्जेल, कुविण्डे र भोटेचौरबारे जानकारी दिदै जुगल हिमालको काखमा रहेको नेपेमासाल, चर्चीत मन्दिर गौरती, नेपाल तिब्बत युद्धताका तयार दुगुनागढी, लिस्ति, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धाराको चर्चा गर्दै जिल्ला भ्रमणका लागि आव्हान गर्नु भयो । सापकोटाले भने ’कुविण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरु छन् । मेलम्चीले काठमाडौलाई पानी पिलाएको छ । डेढदर्जन जलविद्युत आयोजनाहरु छन् । मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ । सिन्धुपाल्चोक समस्याहरुसँज जुध्दै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै गृहजिल्लामा आएर सिन्धुपाल्चोकको वस्तु स्थितीबारे जानकारी हासिल गर्न अनुरोध गर्नु भएको हो ।
