सम्पर्क

सम्पतीमा बिभेद बिरुद्धको अभियान , सफल महिलाहरुलाईसम्मान

 

रोशन गौतम , सम्पतीमा बिभेद बिरुद्धको अभियान अन्तरगगत चौतारासाँगाचोकगढी नगरपालिकाले साँगाचोकमा प्रशिक्षण कार्यक्रम गरेको छ । सो कार्यक्रमको अबशर पारेर पैतृक सम्पतिमा छोरीको अधिकार स्थापित गराउन सफल महिलाहरुलाई सम्मान समेत गरेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र आयोजनामा कमलकोफुल महिला बहुउदेश्य सहकारी संस्थाको समन्वयमा एक दर्जन भन्दा बढी महिलाहरुलाई साँगाचोकमा एक समारोहका बिच सम्मान गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाक–१२ का वडाध्यक्ष दिपेन्द्र प्रसाद नेपाल, वडा नं. ११ का वडाध्यक्ष रोशनराज गिरी, वडाका सदस्यहरु, जनजागृति माविका व्यवस्थापन समितिका अध्यक्ष अक्कल तामाङ, जुगल बहुमुखी क्याम्पसको प्रमुख पदम प्रसाद पराजुली, सुरक्षकर्मीलगायतको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपालको संविधानमा उल्लेख गरिएको व्यवस्थालाई कार्यावयनमा ल्याएको बताउदै सम्मानित हुनुभएको सबैलाई शुभकामना व्यक्त गर्नुभयो । उँहाले नेपाली समाजको सन्र्दभमा कुरा गर्दा एउटी महिलाको पूर्ण हैसियत र अस्तित्वलाई पुरुषबाट भिन्न गरेर हेर्न कठिन छ । किनकी हिन्दु परम्परा र मान्यताले महिलालाई पुरुषको पूर्ण अधिनमा बाँधेको छ । यसले पारिवारिक बैमनस्यता, झगडा र अविश्वासको पनि विकास गरेको छ, तर अभिभावकले बालबच्चा जन्माई सकेपछि निश्चित समयसम्म उनीहरुको हेरचाह, पालनपोषण, उचित शिक्षामा निस्वार्थ ध्यान दिनुपर्दछ भने छोरालाई अंश दिने छोरीलाई किन नदिने यथपि, सम्पत्तिमाथि महिलाको अधिकार रहन नसकेकाले पनि उनीहरुको शिक्षा, वृत्ति विकास तथा निर्णय क्षमता बढ्न सकिरहेको छैन भन्नु भयो । सबैभन्दा महत्वपूर्ण पक्ष के त भन्दा महिला वा पुरुष दुवैको सक्रिय सहभागितालाई जोड दिन सकियो भने प्रत्येक समस्याहरु समाधान हुन्छन् । साँच्चै भन्ने हो भने हाम्रो समाजमा छोरा भएकै कारण उसले अंश पाउनु पर्दछ भन्ने मान्यता सामन्ती, परम्परागत अमानवीय र अन्यायपूर्ण मान्यता होइन त ? वर्तमान नेपाली महिलाहरुलाई सम्पत्तिको हक कायममा गराएर मात्रै उनीहरु पुरुष सरह भईहाल्छन् भन्ने बुझाई नै गलत हो । यसका लागि त उनीहरुको क्षमता विकास गरी स्वयंम पुरुषहरुवाट हुने सकारात्मक सोच तथा परम्परागतबाट चल्दै आएको पूर्वाग्रही मनोवृती र व्यवहारमा परिर्वतन आउनु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । यसका लागि यस पैतृक सम्पतिमा छोरीको अधिकार स्थापित गराउन सफल महिलाहरुलाई सम्मान कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले नेपालको संविधानमा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको बताउनुभयो । सोही सन्र्दभमा सम्पत्तिमाथिको अधिकार लगायत हाम्रो समाजमा विभिन्न खालका लैङ्गिक विभेदहरु अझैपनि कायमै रहेको समेत बताउनुभयो । त्यसैगरी छोरीलाई पैत्रीक सम्पत्ति दिने सवालमा हाम्रा राजनैतिक दलहरु परम्परागत मानसिकताबाट परिवर्तीत भई सकारात्मक तथा बौद्धिक व्यत्तित्वहरु पनि अत्यन्तै प्रभावित छन् किनकि हिजो महिला चुलोचौकोदेखि लिएर घरायसी काममा संलग्न थिएभने आज महिला साक्षर भएका छन् । त्यसैले हामीले आफ्नै घरघरबाट यस प्रथालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । आजको दिनमा हामी सबै मिलेर यस प्रथाहरुको अन्त्य भएन भने भोलिको दिनहरुमा पनि यहि कुराहरु निरन्तर चल्ने भएको हुँदा आजैबाट आधुनिक प्रथालाई हटाएर सबै एकजुट भएर लागि पर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नं १२का वडा अध्यक्ष दिपेन्द्र नेपालले समाजमा हरेक प्रकारका नागरिक हुँन्छन सबै नागरिकले आफुले सकेको कामहरु गरेकै हुन्छन तर पहीचना युक्त काम गर्ने थोरै मात्रमा हुन्छन यस्तै कामलाइ सम्मान गर्दै जाँदा मानीसमा सामाजीक कामका लागी थप उर्जा हुने बताउँनु भयो । कार्यक्रममा वडा नं ११का वडाअध्यक्ष रोशन राज गिरीले देसका हरेक परिबर्तनमा महलिाहरुको पनी ठुलो देन रहेकाले यही परिबर्तनका कारण यो कानुन बनेको र कानुनको पालना गर्न स्वयम महीला सक्रीय भएकोमा खुशी ब्यक्त गर्दै यस्ता सामाजीक काममा लाग्नेहरुलाइ गरिएको सम्मानले सबैको सम्मान भएको बताउँनु भयो । कमलकोफुल महिला बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष सिता पौडेलले १५जनालाइ सम्मान गरिएको बताउँनु भयो । साथै सोही स्थानमा कमलकोफुल महिला बहुउदेश्य सहकारी संस्थाको आयोजनामा सामाजिक सुरक्षा जालो तथा महीला आन्दोलनको सुदृढीकरण दोश्रो चरणको पालिका स्तरिय सार्बजनीक सुनुवाइ कार्यक्रम समेत गरिएको थियो ।