बिपनात तामाङ्ग ,सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा जङ्गल तथा निजी जग्गामा खेर गइ रहेको तितेपाती सङ्कलन गरेर तेल उत्पादन गर्नै काम शुरु गर्न लागेको लागेको छ । ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरुलाइ तालीमको व्यवस्थ गरेर तितेपातीबाट तेल उत्पादन सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताउँनु भयो ।
उँहाले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने आफ्नो पालिकाको योजना अनुसार यो कार्यक्रम ल्याएको बताउँनु भयो । नेपालले ‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’ भन्नु भयो । इन्द्रावती गाँउपालिकाका प्रबक्ता एवम वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएका बताउँनु भयो ।तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताउँनु भयो ।घरेलु रक्सी बनाएको जस्तै तरिकाले यो तेल उत्पादन हुन्छ । लोकल रक्सी बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जान्छ । त्यसैले ‘हाइड्रो डष्टिलेट’ नामको मेसिनबाट यसको तेल उत्पादन हुन्छ ।नेपालमा १२ प्रकारको तितेपाती पाइन्छ । १ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ ।नुवाकोटमा तितेपातीको तेल उत्पादन गर्दै आउँनु भएका ललितपुरका उत्तम बज्रचार्यका अनुसार तितेपाती संकलन, अन्य व्यवस्थापनको खर्च जोड्दा करिब १५ लाख रुपैयाँ लगानी चाहिन्छ । १५ लाखको लगानी गर्दा वार्षिक रूपमा ३० लाख बढी नाफा हुने र हुँदा स्थानीय स्तरमा रोजगारका साथै बाँझो जमीनको पनी उपयोग हुने उँहाले बताउँनु भयो । तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ ।
सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो । हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन ।तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । त्यस्तै जीउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ । चोटपटकबाट बगेको रगत बन्द गर्न तितेपाती बहुउपयोगी हुन्छ ।त्यस्तै डण्डिफोरको निराकण, यौनांगमा देखा पर्ने छालासम्बन्धी समस्याको पनि हुन्छ उपचार गर्न सकिन्छ । सामान्यतया कपालमा तेल लगाएको जसरी उक्त तेलको प्रयोग गर्नुपर्छ । तितेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने बज्राचार्य ले सो अबशरमा जानकारी दिनु भयो । गाउँमा रोजगार पनी हुने स्थानीय स्तरमा रहेका सामाग्रीहरुको सदुपयोग पनी हुने भएकाले इन्द्रावती गाँउपालिकाले यस्ता उत्पादन र परिणाम मुखी कार्यक्रमलाइ पहीलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको प्रमुख प्रशासीकय अधिकृत पुर्ण प्रसाद दुलालले बताउँनु भयो ।
