सम्पर्क

खाद्य तथा पोषण सुरक्षा ले गरेको काम उपलब्धीमुलक छः श्रेष्ठ

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले उत्पादनमुलक र उपलब्धीमुलक काम गरेर स्थानीय स्तरमा ठुलो सहयोग गरेको बताउँनु भएको छ । उँहाले कोभिड र प्राकृतिक विपत्तिका बीच पनि कृषि क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले कृषकहरुलाइ गरेको लगानी र कार्य प्रशंसनीय रहेको बताउनुभयो । उाहाले आयोजनाका कारण स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालीको बिकास भएको आफुले महशुस गरेको बताउँदै यसरी गरेको सहयोगले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइको सिन्धुपाल्चोकको २पालिकामा भएको कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइ चौताराका प्रमुख राजेश केसीले पाँच वर्षिय समिक्षात्मक एवम् प्रगति विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।उँहाले सो अबशरमा विगत ५ वर्षदेखि सिन्धुपाल्चोक जिल्लामा लिसंखु पाखर गाँउपालिका र इन्द्रावती गाउँपालिकामा खाद्य तथा पोषण सम्वन्धी विविध कार्य गर्दै आइरहेको थियो । ५ बर्षको अबधी सकीए पछी यस बर्ष देखी इन्द्रावती गाँउपालिका र लिसखुंं गाँउपालिकाको साटो आगामी आर्थिक वर्षदेखि त्रिपुरासुन्दरी गाँउपालिका र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने भएको छ ।२०७५ सालदेखि सञ्चालित कार्यक्रमको अवधि समाप्त भएपछि कार्यक्रम नयाँ दुई गाउँपालिकामा सञ्चालन गर्न लागेको हो ।कृषि क्षेत्रलाई सवलीकरण गर्दै कृषकलाई आयआर्जनमा जोड्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको थियो आयोजनाले अब त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिनुभयो ।प्रमुख केसीले आफुहरुले लिसखुं, इन्द्रावती गाँउ पालिकाहरुमा कृषि, पशुसेवा तथा पोषण समूह नै गठन गरेर कृषकहरुलाई बढीभन्दा बढी सहयोग गरेको बताउनुभयो । उहाँको अनुसार कृषकहरुलाई आयोजना अवधिभर सिजनल कम्पोजिट तरकारीको किट,बीउ, गहूँ, मकैको धान, आलु लगायतका बीउ, पुरक अनुदनका सामाग्रीहरु वितरण तथा तरकारी संकलन केन्द्र, प्रशोधन केन्द्र निर्माण, पोषण कृषक पाठशालाहरु सञ्चालन लगायतको कार्यहरु गरेको थियो ।   सो अबशरमा केसीले आयोजनाबाट सञ्चालित आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरणसमन्वय प्रमुख बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमा समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल, इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङ, आयोजना व्यवस्थापनका टपेन्द्रबहादुर शाह, सिडिसिएफ अध्यक्ष रामजी सापकोटा र लावान्वित कृषक ज्ञानबहादुर गिरीले आयोजनाबाट प्राप्त प्रत्यक्ष लाभ भएको बताउँदै फेरी पनी कार्यक्रम थपेर कार्य सञ्चालनका लागी अनरोध गर्नु भएको जिल्ला सम्मन्वय समिती सचिवालयका प्रेम दङ्गालले जानकारी दिनु भयो ।