मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद् पर्याे भने गर्नुपर्ने कामको लागि बजेट सहित तयारी अवस्थामा रहेको बताउँनु भएको छ । उँहाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम को मेलम्चीमा उद्धघाटन गर्नु हुँदै यस्तो बताृउँनु भएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।बिपतमा सुरक्षा निकाय संग समन्वय गरि काम गर्ने बताउँदै नगरसंग समन्वय नगरी प्रदेशको योजना कार्यान्वयन गर्न नदिने बताउँदै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको योजना दिगो हुने खालको हुनुपर्ने बताउँनु भयो ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा मेलम्ची, हेलम्बु र पाँचपोखरीका जनप्रतिनिधि, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सुचना अधिकारी डिजन भट्टराई, सुरक्षा निकाय लगायतको सहभागीता थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले सिन्धुपाल्चोकमा यो मनसुनमा २५ हजार ८८ जना प्रभावित हुन सक्ने अनुमान रहेको जानकारी दिनुभयो । विपद् भैपरी आउने कुरा भएकोले हामी सबै जना तयार हुनुपर्ने उहाँको सुझाव छ । सबैको सहकार्य बाट बिपद बाट हुने क्षति न्युनिकरण गर्न सक्ने भएकोले विपदको बेला सबै निकाय एक साथ लाग्दा बिपदबाट हुने क्षति कम हुने भएकोले यहि कुरा सबैलाई बुझाउनु आजको कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई थियो । विपद हुनुपुर्व र भएपछि तत्काल सुचना प्रवाह हुनुपर्ने र अब सबै बिकास निर्माणका कामहरू गर्दा विपद बाट हुने क्षति कम गर्ने खालको बनाउनुपर्ने बताउँदै हामी सबैको भुमिकालाई सक्रिय बनाउन सक्नुपर्ने उहाँको धारणा छ ।पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जनतालाई केन्द्रमा राखेर काम गर्दै आएको बताउँदै कर्मचारीले कागज र कानुन संगत ढंगले काम गर्न पर्ने भएकोले केही कुरामा तालमेल नमिल्नेगरेको बताउनुभयो । पाँचपोखरीको मुख्य समस्या स्रोत, जनसक्ति र सडक भएको जानकारी गराउँदै हाम्रो सडक राम्रो नभएको स्थानमा विपदको समयमा उद्धारको काम प्रभावकारी हुन नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण गराउनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विपद् आइहाले सबै निकाय मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।पाँचपोखरी थाङपाल गाउँपालिकाका बिपद् फोकल पर्सन नारायण क्षेत्रीले पाँचपोखरीमा बत्ती गएपश्चात कुनैपनि मोबाइल नेटवर्क नआउने भएकोल विपद् पुर्व सुचना प्रणालीमा असर गरेको जानकारी दिनुभयो ।हेलम्बु ४ वडा अध्यक्ष बुद्विमान तामाङले बाढी पश्चात् बस्ती जोगाउन धेरै कोशिस गरिरहेको तर श्रोत साधन कम भएका कारण सम्भव नभएको बताउँदै असुरक्षित बस्तीलाई सुरक्षित ठाउँमा सार्न सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी ध्यानाकर्षण गराउनुभया । यस्ता छलफल र बैठकले मात्र केही फाइदा नहुने बताउँदै आफ्नो क्षेत्रमा १० ११ घर एकदमै जोखिममा रहेकोले सुरक्षित ठाउँमा सार्न सहयोग गरिदिन र पुननिर्माणको रकम चाँडो निकास हुने वातावरण लिाईदिन सम्बन्धित पक्षसँग माग पनि गर्नुभयो ।
