सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले हजार दिने आमाहरुलाई पोषणका लागी कुखुराको खोर सहीत ४,४वटा कुखुरा बितरण गरेको छ ।
बाह्रबिसे नगर पालिकाका उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच प्रती व्यक्ती १, १ किलो वजन भएको ४,४वटा कुखुरा र कुखुरा राख्ने खोर वितरण गर्नु भएको हो । नगरभित्र रहेका विपन्न हजार दिने आमाहरुलाई पालिकाको चालु वर्षको महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार उक्त सामग्री वितरण गरिएको नगरपालिकाका उप प्रमुख तामाङले जानकारी दिनु भयो ।
उपप्रमुख तामाङका अनुसार, नगर भरिका २८ जना हजार दिनका आमाहरुलाई पौष्टिक आहारका लागी कुखुरा बितरण गरिएको हो ।
