सम्पर्क

शारदा माबी बाह्रबिसेमा शिक्षकहरुका लागि तालिम सुरु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा शिक्षकहरुका लागि तिन दिने तालिम सुरु भएको छ । जिल्लाको बाह्रबिसेनगरपालिकाले पालिका भित्रका प्रअ शिक्षकहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको हो ।
आइ टी श्रोत शिक्षकहरुलाइ सुचना प्रबिधि तथा एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी नगरले क्षमता अबिभबृद्धि तालिम प्रदान गरेको हो । नगरपालिकाका उप–प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम नगर पालिकाको सहयोगमा भएको हो ।
तिन दिन सम्म चल्ने तालिमको उद्धघाटन गर्दै उप–प्रमुख तामाङले शिक्षकहरुले धेरै जानेको हुन्छ तर पनि शिक्षा भनेको सिकेर कहिले पनि नसकिने बताउनुभयो । उहाँले समय अनुसारको प्रविधिमा काम गर्नु पर्ने भएकाले यस सम्बन्धी आफुले सिकेर अरुलाइ सिकाउन यो कार्यक्रमको आयोजना गरिएको बताउँनु भयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले कार्यक्रममा आफ्नो भनाई राख्दै शिक्षकले विद्यार्थीको मार्ग निर्देशन गर्ने गर्ने भएकोले बर्तमान समयमा शिक्षक सुचना र सञ्चारमाका क्षेत्रमा पनि अब्बल जानकारी राख्नको लागि आग्रह गर्नु भयो । साथै यस्ता कुराहरुको व्यवस्थीत र सुरक्षित कार्यका लागी यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा भएको तालिममा नगरपालिकाका बिद्यालयका प्रअहरुको सहभागीता रहेको छ ।