सम्पर्क

भललाई जल र मल बनाउने अभियानमा चौतारा साँगाचोकगढी नगरपालिका

सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिकाले नगरलाइ हरियाली बनाइ राख्नका लागी रिचार्ज पोखरी निर्माण गर्र्न बजेटसमेत विनियोजन गर्दै पोखरी निर्माण कार्यलाइ तित्र्रता दिएको छ । वन जंगल डाँडापाखा खाली जमिनका अलि अलि कम भिराला पाखा आफ्नो घर नजिक रहेको बाँझो बारी तिर सामान्यतया १ मिटर चौडाई १ आधा मिटर लम्बाईको खाडल खनी भल र परेको पानीलाई जमाएर राख्ने कार्यलाइ चिार्ज पोखरी को नाममा पोखरी खन्ने कार्य भइरहेको छ । मुख्य गरी पानीको मुहान संरक्षण गर्ने,हिउँद महीनामा सुक्खा लाग्न बाट बचाउँने अनी जङ्गलमा आगलागी हुन नदीन तथा जङ्गली जनावरलाइ समेत खानेपानीको सहजता का लागी नगरपालिकाभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो ।नगरपालिकाभित्र पाँचसय वटा भन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेको नगरले जनाएको छ । निर्माण सम्पन्न मध्य पनि झण्डै ९० प्रतिशत रिचार्ज पोखरी त वडा न ११ मा नै निर्माण भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।२०७२ साल वैशाख १२ गतेको भूकम्पपश्चात् कतिपय पानीका मूलहरू पलाउन छाडेका र कतिपय मूलहरू सुकेका कारण रिचार्ज पोखरी निर्माणको अवधारणालाई नगरले अघि सारेको हो । मुहानको सिरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूलहरू सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलहरूबाट पानी पलाउने विश्वास का साथ यो कार्यक्रम ल्याइएको नगरप्रमुख सापकोटाले बताउनुभयो ।चौतारासाँगाचोकगढी नगरपालिका वडा न ११ ले चौतारा बन्देऊ सडक खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखेको छ । सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पूनर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडकको नालाको भल पोखरीमा भरण हुँदा सडक कटानी न्यूनीकरण हुने हुँदा सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडा अध्यक्ष रोशन गिरीले बताउनुभयो । वडा नं ११ले वडा भित्र का कृषकलाइ उत्पादनमुलक कामका लागी अनुदानको व्यवस्थ गर्दै खेती योग्य जमीन बाँझो राख्न नपाइने भनेको छ । वडाकार्यलयले भलसँगै बगेर आएको पतकर सङ्कलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागिपरेको छ । वडा न ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाई पोखरी पनि निर्माण गर्दै आएको छ । रोपाइ पोखरी भने ठुलो बन्ने गरेको छ ।