सम्पर्क

चौसागढी वडा नं २ बतासेमा सम्पतीमा बिभेद बिरुद्धको प्रशिक्षण

सम्पतीमा बिभेद बिरुद्धको अभियान अन्तरगगत चौतारासाँगाचोकगढी नगरपालिकाले वडा न २ बतासेमा प्रशिक्षण कार्यक्रम गरेको छ । बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका महीला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख सिता थापाले नेपालको संविधानमा उल्लेख गरिएको व्यवस्थालाई कार्यावयनमा ल्याउँनु हाामी सबैको प्रमुख दाइत्व भएको बताउदै अभिभावकले बालबच्चा जन्माई सकेपछि निश्चित समयसम्म उनीहरुको हेरचाह, पालनपोषण, उचित शिक्षामा निस्वार्थ ध्यान दिनुपर्दछ भने छोरालाई अंश दिने छोरीलाई किन नदिने भन्ने बिषयलाइ मध्यनजर गर्दै यो कार्यक्रम गरिएको बताउँनु भयो । उँहाले छोरा छोरी बराबरी भन्दैै सम्पत्तिमाथि महिलाको अधिकार रहन नसकेकाले पनि उनीहरुको शिक्षा, वृत्ति विकास तथा निर्णय क्षमता बढ्न सकिरहेको छैन भन्नु भयोे ।महिलाहरुलाई सम्पत्तिको हक कायममा गराएर मात्रै उनीहरु पुरुष सरह भईहाल्छन् भन्ने बुझाई नै गलत हो । यसका लागि त उनीहरुको क्षमता विकास गरी स्वयंम पुरुषहरुवाट हुने सकारात्मक सोच तथा परम्परागतबाट चल्दै आएको पूर्वाग्रही मनोवृती र व्यवहारमा परिर्वतन आउनु आवश्यक रहेको थापाले बताउनुभयो ।संविधानमा पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका खोपनाथ नेपालले सम्बिधानमा लेखिएका कुराहरु अक्षरशं पालना गर्नु गराउँनु हामी सबैको कर्तब्य भएकाले छोरा सरह छोरीले पनी सम्पती पाउँने हक भएको बताउँनु भयो । वडा नं २का वडाअध्यक्ष सुदिप श्रेष्ठले जनता बाट निर्वाचित जन प्रतिनिधी होस या कर्मचारी होस या सामान्य नागरिक जो जो कोहीलाइ पनी सम्बिधान कानुन नियम भन्दा बाहीर रहेर काम गर्न छुट छैन भन्नु हँुदै समाजमा छोरा छोरी सबै बराबर हो त्यसैले जती छोराले सुबिधा पाँउछन त्यती नै छोरीले पनी सुबीधा पाउँने व्यवस्था गरेको बताउँनु भयो । उँहाले हरेक आमाहरुलाइ छोरा पाउँदाका पिडा छुट्टै र छोरी पाँउदाको पिडा छुट्टै हुने भएको भएपो छुट्टा छुट्टै व्यवहार हुनु पिडा दुबैको एउटै हुने हो भन्दै सुबिधा दिने र लिने कुरामा पनी एउटै व्यवहार गरिनु पर्ने बताँउनू भयो । कार्यक्रममा स्थानीय समाजसेवी तथा बिशेष गरी महीलाहरुको बढी उपस्थिती रहेको थियो ।