कुमार बस्नेत अधिराज
सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ७ माझी बस्तिमा संचालित गाँउघर क्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा १ लाख २८ हजार ९ सय ९८ रूपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
सुनकोशी गाउँपालिका कार्यवाहक अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष कान्छी लामाले उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो । सुनकोशी – ७ का वडा अध्यक्ष ईश्वर तिमल्सिनाको अध्यक्षता भएको उक्त कार्यक्रममा सुनकोशी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायु, फेयरमेड फाइण्डेसनका शोभाराम भण्डारी, आत्मनिर्भरता केन्द्रका मनिशा हाडा, सुनकोशी गाउपालिका प्रतिनिधि रेनु खड्कालगायत माझिबस्तिका आमा समूह तथा स्थानियको वाक्लो उपस्थितिमा रहेको थियो । क्लिनिकको लागि आत्मनिर्भरता केन्द्रले ६७०७८ र फेयरमेड फाइण्डेसनका तर्फबाट ६१९२० को सामाग्री सहयोग गरेको छ ।
