बलेफीमा अपाङ्गता समाबेशी समबन्धी कार्यक्रम सम्पन्न
शुसिला श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा “ समुदायमा आधारित अपाङ्गता समाबेशी बिकास” सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम भएको छ । बलेफी गाँउपालिकाको उप प्रमुख शरु लामाको प्रमुख अतिथ्यतामा पालिकामा कार्यरत सरकारी पदाधिकारीहरु (प्रमुख प्रसशाकीय अधिकृत शिक्षा, स्वास्थ्य, कृषि,पशु बिकास,महिला तथा बालविकास, सामाजिक,विपद,योजना तथा अनुसन्धान शाखा प्रमुखहरु प्रतिनिधिहरु लागायत,शिक्षक अभिभावकहरु सरोकारवाला संस्थाका प्रतिनिधिहरुलाई १ दिने “ समुदायमा आधारित अपाङ्गता समाबेशी बिकास” सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा अन्तरक्रियात्मक तथा समुहगत अभ्यास मार्फत बिशेस गरेर समुदायमा आधारित अपाङ्गता समाबेशी बिकासमा स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी सम्बन्धि छलफल भएको थियो. । कार्यक्रममा बिद्यालय बाहिर रहेका अपाङ्गता भएका बालबालिकालाई कसरि बिधालय मा समाबेश गराउने भन्ने बि...
