सम्पर्क

बाह्रविसे स्वास्थ्य केन्द्रले मध्य भोटेकोसीको १०करोड पाउँने

 

मध्य भोटेकोसी जलविद्युत् आयोजनाले बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्र लाई रु १० करोड दिने भएको छ । सिन्धुपाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकामा नेपाली काङ्ग्रेस प्रभावशाली केन्द्रिय सदस्य पुर्व मन्त्री माननीय मोहन बहादुर बस्नेत को समन्वयमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्का, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री माननीय पुर्ण बहादुर लामा (कान्छाराम) , नेपाल विधुत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ , बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत,उप प्रमुख मन्जु तामाङ भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा वडा अध्यक्ष हरु लगायत जनप्रतिनिधिहरु , निमित्त प्रमुख जिल्ला अधिकारी,प्रहरीप्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का,उद्योग वाणिज्य संघ अध्यक्ष बुद्धराज बस्नेत मध्य भोटेकोसी जलविद्युत् आयोजना प्रमुख लगायत कर्मचारी हरुको उपस्थितीमा उक्त सहमती भएको पबकार राम चन्द्र दुलालले जानकारी दिनु भएको छ । उँहाका अनुसार बुधबार बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्र लाई १० करोड दिने ( ५ करोड अहिले ५ करोडसिओडी भएको ३ महिना भित्र दिने , आयोजनाबाट गलत समाचार प्रसारण भएकोमो माफी माग्दै प्रेस विज्ञप्ति जारी गर्नेप्रभाबीत क्षेत्र बाह्र्बिसे नगरपालिकाको पडा न्र ३र४लाइ ५०÷५०लाख दिने , स्थानीय भाबीतको मागलाइ सम्बोधन हुने गरी मुआब्जामा २० प्रतिशत थप गरि दिने र बाँकी कार्य सुचारु गरि आयोजना संचालन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको स्थलगत निरीक्षण पछी उहाँले दुई महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताउनुभयो । मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गर्नुभएको थियो ।चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको शेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ ।१०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो । मध्यभोटेकोसी नदीबाट कूल सात दशमलव एक किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ । उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत चार किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ । स्थानीय जन प्रतिनिधी सहीतको सहमती पछी कार्यले तिब्रता पाउँने भएको छ ।फोटो ः रामचन्द्र दुलाल