नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितीले जिल्लामा रहेका नेपाली काँग्रेस सँग आबद्ध सक्रीय सदस्यहरुको सदस्यता परिचय पत्र बितरण कार्यक्रम अगाडी बढाएको छ ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाका पाटी सभापती जङ्गबहादुर लामाले बुधबार जिल्लाका १, र २ नं क्षेत्रका क्षेत्रीय सभापतीहरु प्रदेस समिती, पालिका सभापतीहरु, सहीतलाइ बोलाएर जिल्लामा रहनु भएका सक्रिय सदस्य परिचय पत्र हस्तानन्तरण गर्नु भएको हो । नेपाली काग्रेस केन्द्रीय समितीले बागमती प्रदेस समिती र बागमती प्रदेस समितीले जिल्ला कार्य समितीलाइ दिए पछी बुधबार जिल्ला कार्य समिती सिन्धुपाल्चोकले क्षेत्रीय सभापतीहरुलाइ दिने कार्यक्रम राख्नु भएको थियो । उक्त कार्यक्रममा आफ्नो क्षेत्रका सक्रिय सदस्ता परिचय पत्र बुझ्दै क्षेत्रीय सभापती आइतमान तामाङले पाटी परिचय पत्रका साथै पाटीको अनुशासनमा रहेर पाटीको निती सिद्धान्तलाइ बोकेर हिडेका कार्यकर्ताहरुको कामको मुल्याङ्कन गरीने बताउँनु भयो । उँहाले सदस्यता परिचय पत्र लिएर बस्ने अनी पाटीको महाधिबेशनमा मात्र आउँने अघी पछी देखा नपर्नेहरुलाइ पाटीले जिम्मेवारी नदीने दोहोर्याउँदै परिचय पत्र भन्दा पनी काम ठुलो मानेर काम गर्न पर्ने बताउँनु भयो । तामाङ्गले निर्बाचन जितेका जन प्रतिनिधीहरुले चुनावी घोषणा पत्रलाइ पनी ध्यान दिन पर्ने बताउँदै निश्पक्ष रुपमा काम गर्न सके मात्र जनताले पत्याँछन त्यसैले यस तर्फ ध्यान दिन जरुरी भएको बताउँनु भयो । १ नं.क्षेत्रका सभापती बाल कृष्ण बस्नेत भने उँहाको क्षेत्रमा रहेको मध्यभोटेकोसी जलबिद्युत आयोजनाका बारेमा छलफल गर्न पर्ने भएको र उर्जा मन्त्री सहीत मन्त्रालयको टोली बाह्र्बिसे आउँनु भएकोले उपस्थित हुनु भएको थिएन । २ नं. क्षेत्रको परिचय पत्र भने क्षेत्रीय सभापती आइतमान तामाङ लिनु भएको थियो । उक्त अबशसरमा नेपाली काँग्रेस जिल्ल सभापती जगंबहादुर लामाले परिचय पत्र प्रदेस समितीलाइ दिने प्रदेस समितीले पालिकालाइ र पालिकाले वडाहरुमा बितरण गर्न पर्ने परिपत्र अनुसार प्रदेस समिती लाइ हस्तानन्तरण गर्न र प्रदेस समतीले पालिकालाइ हस्तानन्तरण गर्न र पालिकाले वडालाइ हस्तानन्तरण गरी सम्बन्धीत ब्यक्तीलाइ नबीकरण भएको परिचय पत्र दिन क्षेत्रीय सभापतीहरुलाइ निर्देशन दिनु भयो । उाहाले १४००१जनाको क्रियासिल सदस्यता नबीकरण भइ आएको र नँया लिन चाहानेले वडा समितीको सिफारिस सहीत पालिकामा पठाउँन र पालिकाले आप्mनो प्रदेस समितीमा र प्रदेसले क्षेत्रीय समितीमा र क्षेत्रले जिल्ला समितीमा पठाउँन समेत अनुरोध गर्नु भयो । उँहाले पाटीका साथीहरु सबै एक भएर पाटीका निर्वाचित जनप्रतिनीधीहरुलाइ सहयोग गर्न र जन प्रतिनिधीले पनी जनभावना र पाटीको घोषणा पत्र अनुसार कार्य गर्न अनुरोध गर्नु भयो ।फोटो बलदेब तिमिल्सिनाको फेसबुकबाट
