सम्पर्क

कुलमानलाइ हटाउँने कुरै छैन उर्जा मन्त्री खड्का

लोकप्रिय समाचार ,’राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, ’सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानले राम्रो काम गर्नू भएको छ हामी राम्रो लाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्छौ उँहाले राम्रो गरुन्जेल उँहाप्रति सरकारले त्यस्तो कुनै धारणा बनाएको छैन,कुलमानले राम्रो काम गर्नुभएको छ, उँहालाई सरकारले हटाउनुपर्ने अहीले सम्म कुनै कारण नभएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बताउँनु भएको छ । उँहाले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको दोहोर्याउँदै कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्नु भयो । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न बाह्र्बिसे आउँनु भएका मन्त्री खड्काले यस्तो बताउँनु भएको हो । निरीक्षणका क्रममा बाह्रबिसे आइपुग्नु भएका मन्त्री राज्य मन्त्रीलाइ स्वागत गर्न नेपली काँग्रेस १ नं क्षेत्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको भन्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको जानकारी दिनु भयो । उहाँले बिपीले बनाएको पाटीको कार्यकर्ता हुन पाउँनुमा आफुलाइ गौरब लागेको बताउँनु हुँदै आफू सँधै भ्रष्टचारको बिरोधी रहेको र अहीले पनी आफू उर्जा मन्त्रालयमा भ्रष्टाचारको विषयमा निर्मम ढंगले प्रस्तुत हुने बताउँनु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले भोटेकोशी जलबिद्युत आयोजनाले सडक पिच गर्न १८करोड खर्च गर्न लागेकोमा आफुले पिचका लागी सरकारबाट बजेटको व्यवस्था गर्ने तर बाह्र्बिसे नगर अस्पताल लाइ १०करोड सहयोग गर्न भनेको त्यसो गर्दा आयोजनालाइ पनी आर्थीक भार कम पर्ने अस्पतालमा पनी आबश्यक व्यवस्थापन हुने भनेकोमा मोहन बस्नेतले १० करोड मागेको हल्ला चलाएर भ्रम फैलाएको बताउँनु भयो । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री कान्छाराम तामाङ ले बर्तमान सरकार भ्रष्टचार अनियमितताको बिरोधी रहेका ले भ्रष्टचार गर्नेहरु जो कोही भए पनी कानुनी कार्बही गरिने बताँउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगरपालिकाका प्रबक्ता समेत रहनु भएको बिमल पौडेलले मध्य भोटेकोशी आयोजनाको कामहरु निरन्तर रुपमा भइ रहेको आफुले पाएको बताउँदै पुर्ब मन्त्री मोहन बस्नेतको सहयोगका कारण आयोजनाले १०२मेगावट सञ्चालन गर्न सकेको बताउँनुभयो । कार्यक्रमको सभापतीत्व गरिरहनु भएका नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती एवम नगर प्रमुख बालकृष्ण बस्नेतले मोहन बस्नेतकै कारण आयोजना बन्न सफल भएको बताउँदै आयोजना सम्पन्न गराउँन स्थानीय सरकाका तर्फबाट हरेक सहयोग हुने बताउँनु भयो । उँहाले जन प्रतिनिधीले जनताको काम गर्ने हो काठमाण्डौमा घर बनाउँनको लागी नेता हुने होइन जनताको समस्या समधान गर्न र स्थानीय स्तरको बिकास गर्नका लागी गाँउमा नै बस्न पर्छ भन्नु भयो । होटल चण्डेश्वरीको सभाहलमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एवम स्थानीय सरकारका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।फोटो ः रामचन्द्र दुलाल