सम्पर्क

इशान को २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिनु भएको हो । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुतीm हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले जानकारी दिनु भयो । उँहाले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै डा चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको बताउँनु भयो । अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका शच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताउँनु भयो । अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताउँनु भयो । सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको समेत सो अबशरमा जानकारी दिनु भयो । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताउँनु भयो । उहाँले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताउँनु भयो । नेपालमा बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको इशान बाल तथा महिला अस्पताल गैर सरकारी अस्पताल हो ।बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल उक्त अस्पताल बाल शल्यक्रियाको क्षेत्रमा अन्र्तराष्टिय स्तरमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो ।२ जना चिकित्सकबाट सुरुवात भएको अस्पतालमा हाल ४७ बरिष्ट विशेषज्ञसहित बालरोग उपचारसम्बन्धी विशिष्ठिकृत सेवा पिआसियु, एनआइसियुसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।नीजि क्षेत्रबाट पहिलो एक मात्र बाल अस्पतालको रुपमा रहेको इशानले बालबालिका तथा स्त्री तथा प्रसुति रोगसम्बन्धी सम्पुर्ण स्वास्थ उपचार सेवा प्रदान गदै आएको छ । अस्पतालले सम्पन्न वर्गका लागि मात्रै नभई विपन्न वर्गलाई पनि गुणस्तरीय तथा सर्वसुलभ उपचार सेवा प्रदान गर्दे आइरहेको छ ।