सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा कफि सहकारी संघ सिन्धुपाल्चोकले औपचारिक रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
ब्युटिफुल क्याफेको नामबाट सञ्चालित उक्त क्याफेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुखदेखी मुखसम्म बोटदेखी नोटसम्म हुने काम गरेर कफी व्यवसायी संघले जापान, अष्ट्रेलिया जस्ता मुलुकहरुमा यहाँको कफीले बजार पाउँनु आफैमा भाग्यमानी भएको बताउँदै भगवान कृष्ण जन्मेको दिन कृष्णजन्माष्टमी अजम्बरी दिन देखी अर्गानिक कफी खुवाउने गरी रेष्टुरेन्टको शुभारम्भ गरेकोमा कफी व्यवसायी संघ बिशेष गरि महिला भएर पनि पुरुष भन्दाबढी साहसी बनेर स्थानीय स्तरमा नै केही गरौ भन्दै स्थानीय पहिचान सहितको काम गरेकोमा बिशेष धन्यबाद दिनुभयो ।

उहाँले गाउँका युवायुवतीहरु बिदेसीदै रहेको अबस्थामा गाउँमा नै केही गरौ भन्ने धारणाका साथ सुरु गरिने हरेक ब्यवसायलाई सुनकोसी गाउँपालिकाबाट आबश्यक सहयोग गरिरहेको र स्थानीय स्तरमा भएका श्रोत र साधनको प्रयोग गरी स्थानीय स्तरमा उत्पादनमुलक काम गर्नेलाई सहयोग गरिरहने बताउँनु भयो ।
जिल्ला उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्व नाथ काफ्लेले स्थानीय स्तरमा नै लगानी गरेर स्थानीय स्तरमा रोजगारको व्यवस्था गर्नेलाई आफ्नो कार्यालयबाट पनि केही सहजीकरण र सहयोग गर्ने गरेको बताउँनुभयो । 
कार्यक्रममा कफी बिशेषज्ञ प्रचण्डमान श्रेष्ठ, वडा अध्यक्षहरु इश्वर तिमल्सिना पुर्ण बहादुर महत, ईश्वर तामाङ, कुमार शाही लगाएतले सुकुटेलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँनका लागी कफी संघले गरेको भुमीकाको प्रशंसा गर्दै एक शाहसी महिला मन्दुु थापाका कारण पनि यो कार्यले सफलता पाएको बताउँदै अब सबैलाई सुकुटेको कफी खाएर जानका लागि आग्रह गर्नुभयो । सिन्धुपाल्चोकको कफी व्यवसायी संघ साँच्चैको सफल उद्योमी बनेको छ । एक सफल उद्यमी बन्ने यात्रा सजिलो हुँदैन, सकारात्मक सोच र दृष्टिकोण, उर्जा र उत्साहले नयाँ उचाइमा पुर्याउन मद्दत गर्छ ।
उद्यमशीलताको यात्रा निरन्तरता र दृढ संकल्पको आवश्यकता हुन्छ । अझ अन्तराष्ट्रिय स्तरमा आफुहरुबाट उत्पादित सामाग्रीको बजारीकरण गर्नु त साना तिना परिश्रमले सकिदैन अनि आफुले मात्र चाहेर पनी सम्भव छैन यसका लागी गुणस्तर उत्पादन, बजारको माग, माग अनुसारको सामानको व्यवस्था सबै मिल्न पर्छ ।
तबमात्र नयाँ उचाइमा पुग्न सकिन्छ । यो सबै मिलाएर अगाडी बढाउँन सफल ब्यक्ति मन्दु थापाको कार्यलाई सबैले प्रशंसा गरिरहेका छन् । क्याफे उद्घाटन कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका उपाध्यक्ष अन्जन खड्का लगायत पर्यटन ब्यबसायीहरु, उद्योग बाणिज्य संघका कार्यालय प्रमुख ईश्वरी चालीसे, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, कफी सहकारी संघ ललितपुरका बल बहादुर केसी लगाएतका व्यक्तिहरुको उपस्थितीमा कफी संघका अध्यक्ष मन्दु थापाको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।
