सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० सुकुटेमा रहेको सिन्धु डेरीले दुधबाट बनेका हरेक परिकारहरु उपभोक्ताको माग अनुसार घरघरमा सेवा उपलब्ध गराईरहेको डेरी सञ्चालक हेमकान्त प्याकुरेलले बताउँनु भएको छ ।
उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बिश्वनाथ काफ्लेसहीतको टोलीले अनुगमनमा रहेको समुहहरुसँग कुरा गर्दै सिन्धु डेरीका सञ्चालक प्याकुरेलले आफुले केमिकल, सोडाहरु प्रयोग नगरेको भन्दै यो केमिकल प्रयोग गर्न नपरोस भनेर आफूले चनाखो भएर काम गरिरहेको बताउँनु भयो । उहाँले डेरीको आफ्नै साधन भएकोले घरघरमा माग अनुसार तत्काल सामान लाने ल्याउने भएको हुँदा पनि केमिकलको प्रयोग गर्न जरुरी नपरेको बताउनु भयो ।
उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका कार्यालय प्रमुख ईश्वरी प्रसाद चालिसे, स्थानिय पर्यटन ब्यवसायीहरु सहितका टोलिले गरेको अनुगमनका क्रममा हेर्दा सबै सामाग्री सफा रहेको दूध चिस्यान, खुवा बनाउँने भाडाहरु, पनिर बनाउने, छुर्पि बनाउने, दहि जमाउने, मोहि बनाउने भाडाहरु सबै सफा रहेको उद्योग बाणिज्य कार्यालय प्रमुख काफ्लेले बताउनु भयो । उहाँले खाद्य, पिय पदार्थहरुमा पहिलो सरसफाई र गुणस्तरियतामा ध्यान दिनपर्ने बताउनु हुँदै अनुगमन गर्ने काम हल्ला गरेर यो समयमा आउँछु भनेर गर्ने होईन अघिपछि हिड्दा डुल्दा पनि हेर्न सकिने भन्दै अरु सर्बसाधरणहरुले समेत खाने चिजहरुमा फोहोर मैला देखेमा तुरुन्त आफ्नो कार्यालय वा नजिकको सुरक्षा निकायमा खबर गर्नपर्छ भन्नुभयो ।
उहाँले यसरी फोहोर गरेको पाईएमा जुनसुकै समयमा पनि कानुनि कार्वाही हुने बताउँनु भयो । अनुगमनकै क्रममा उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका कार्यालय प्रमुख ईश्वरी प्रसाद चालिसेले अनुगमन गर्दा खाद्यन्नमा फोहोर गर्ने हेलचक्याई गर्नेलाई कानुन बमोजिम कारबाही गरिने भएकाले सरसफाई र गुणस्तरियतामा ध्यान दिनपर्ने बताउनु भयो । कफी व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापाले सुकुटे डेरी मात्र होइन सुकुटेका कुनै व्यवसायी ब्यापारीहरुले अखाद्य सामाग्रीहरु बिक्री बितरण गरेको नदेखीएको बताउँदै आखद्य, म्याद सकिएका सामाग्रीहरु बिक्री बितरण गर्दा सुकुटेकै बदनाम हुने भएकाले स्थानीय बासीहरु पनि यसतर्फ चनाखो रहेको बताउँनु भयो ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका उपाध्यक्ष अन्जन खड्काले म्याद गज्रेका, गुणस्तरहिन सामाग्रीहरु बिक्री बितरण भए वा कुनै पनि नकारात्मक सन्देस जाने खालका कृयाकलाप हुँदा पर्यंटन व्यवसायमा पनी असर पर्ने हुँदा यस तर्फ ध्यान दिएर बजारको सामाग्रीहरुका बारेमा स्थानीयहरुको बढी चासो रहेको बताउँनु भयो ।
पहिला बजारदरभन्दा माथि रहेको सिन्धु डेरी हाल सडकको छेउमा सरेको छ ब्युउटिफुल क्याफेर डेरिसँगै रहेको छ । करिब ३० लाख रुपैयाँको लागतमा सञ्चालन भएको उक्त डेरीमा अहिले दैनिक ८०० लिटर दुध सङ्कलन गरेर बिक्रि बितरण गरिरहेको डेरि सञ्चालक प्याकुरेलले जानकारी दिनुभयो । उहाँले, पनिर, घिउ, दहि, छुर्पि, मोहिको माग बढिरहेको बताउँनु हुँदै आफुले सुनकोशी, गाउँपालिका, तथा चौतारा साँगाचोकगढी नगरपालिकाका दूध कृषकहरुसँग दूध खरिद गरिरहेको बाह्रबिसे, बनेपा, लगाएतका बजारहरुमा आफ्नो उत्पादन बढी खपत हुने गरेको र बिशेषगरि दही मोही र घिउको माग बढी रहेको बताउँनुभयो ।
