दिपक खत्री ,चौतारा । सिन्धुपाल्चोकको चौतारामा कन्याहरू एकसाथ पुजिएका छन् । कृष्ण जन्माष्टमीको सन्दर्भमा यो वर्ष सनातन कन्या पूजा गरिएकोमा ३६ जना कन्या पुजिएका हुन् । सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक कृष्ण मन्दिर क्षेत्रमा नेवाः देय् दबू , नेवा ः मिसा दबू ,चौतारा साँगाचोकगढी नगर कार्य समितिले चौथो पटक कन्या पूजाको ब्यवस्थापन मिलाएको हो । नेवाः समुदायका साथै समावेशी उपस्थितिमा चौथो पटक यो वर्ष कन्या पूजा गरीएको नेवा ःदेय् दबू चौतारा साँगाचोकगढी नगर कार्य समिति अध्यक्ष ध्रुव लाल श्रेष्ठले जानकारी दिनुभयो । बेल विवाह नगरेका कन्याको पूजाका साथै उनीहरुलाई प्रसाद प्रदान गरिन्छ भने अन्य व्यक्तिहरुले पैसा संगै खानेकुरा र फलफुल दिएर कन्याहरूको पूजा गरेका छन् । कन्याहरूको पूजा गर्दा उनीहरुमा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास छ । साथै, पूजा गर्ने व्यक्तिलाई समेत राम्रो हुने विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको नेवाः देय् दवूका केन्द्रीय सचिव हरि कुमार श्रेष्ठको भनाई छ