सम्पर्क

’मलाई पिर छैन धनको बरिलै’ आयो बजारमा

 

’मलाई पिर छैन धनको बरिलै’ बोलको मौलिक तिज गीत बजारमा आएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ३का जिवन भण्डारीको गितको मोडल रहेको यो गित बागमती प्रदेशका पुर्ववनमन्त्री माननीय मसिना खड्का भण्डारीले बिमोच नष्र्नू भएको हो । ’मलाई पिर छैन धनको बरिलै’ पछिल्लो समय बजारमा अश्लील गीतको भेलमा एउटा मौलिक तिज गीत भएको छ । एक वयस्क नारीलाई धनको धनी होईन मनको धनी भएको युवकको खाँचो भएको कथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । अहीले बजारमा प्राय चाडबाडको नाममा गाइने गितहरुमा मौलिकता हराउँदै गएको र प्राय गितहरु छाडा र मन गणन्ते मुलक भएको आरोप लागी रहँदा मलाइ पिर छैन धनको बरी लै भन्ने गितले बजारमा नँया शन्देस छाएको छ । सम्पती सबै भन्दा ठुलो हो भन्ने समाजलाइ यो गितले सम्पती भन्दा इमान्दारीता ठुलो हो भन्ने शन्देस दिएको छ । गितको बिमोचन गर्दै मा खड्काले यो गित गित मात्र नभएर समाजलाइ सकारात्मक शन्देस दिने एक खालको शन्देस भएको बताउँनु भयो । उँहाले आधा आकाश ढाकेको महिलाले हरेक कुरा गर्न सक्ने, धर्म संस्कार जोगाउन, चाडपर्व, राजनीति हरेक रूपमा बलियो पकड रहेको हुँदा महीलाहरु एक भएर धर्म सस्कारलाइ सही ढङ्गले सदुपयोग गर्न लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रमलाई स्वागत मन्तव्य राख्दै गीतका मोडल तथा बाह्रबिसे न.पा. वडा नम्बर ३ का वडा अध्यक्ष जीवन भण्डारीले गीतलाई सबैसामु पुर्याएर सर्जकलाई हौसला बढाईदिन अनुरोध गर्नुका साथै अहीलेको परिस्थीतीमा यो गितको आबश्यकता रहेकोले यो गितको परिकल्पना गरिएको बताउँनु हुँदै सबैलाइ स्वागत गर्नू भएको थियो । उक्त गीतका रचनाकार प्रतिभा शर्मा चपाईंले गीत गाएर उपस्थितलाई मनोरञ्जन गराउँनु हँुदै तीज गीतमा बढ्दो विकृती भित्रिएकोप्रति चिन्ता लागेको बताउानु भयो । उक्त कार्यक्रममा गायिका लक्ष्मी रेग्मीले गीत गाएर उपस्थित शुभचिन्तकलाई मनोरञ्जन गराउँनु भएको थियो ।          बसुन्धारा किचनको आयोजनामा भएको कार्यक्रममा मोडल तथा गायकहरुलाइ सम्मान पत्र र मायाको चिनोले सम्मान समेत गरिएको थियो ।प्रस्तुत गीतलाई लक्ष्मी रेग्मीको एकल स्वर रहेको छ भने । प्रतिभा शर्मा चपाईँको शब्द एंव प्रियको कुमारको संगित रहेको छ ।भिडियोलाई समीर थोकरको निर्देशन गर्नू भएको छ भने सुशील डाँगीको सम्पादन एंव छाँयाकन रहेको छ । भिडियोमा निहारिका थापा र जीवन भण्डारीले नृत्य रहेको छ ।