सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तगरपालिकामा नेपाल भुतपुर्ब सैनिक सघं मेलम्ची नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनले भुतपुर्ब सैनिक शेर बहादुर तामाङको अध्यक्षतामा १७सदस्यीय कार्यसमितीको चयन गरेको छ ।
जस्मा सचिब कृष्ण बहादुर दुलाल, कोषाध्यक्ष जित बहादुर लामा, र सदस्यहरुमा केशब धिताल , श्रीध्वज लामा,गन बहादुर तामाङ, भिमसेन खतीवडा,सञ्चकुमार तामाङ, ओम बहादुर थापा,देबेन्द्र थापा , उर लामा,ध्रुब बहादुर राउत , कान्छा राम तामाङ,बिष्णु प्रसाद ढकाल, बिदुर कार्की,गोकुल पौडेल, सुधा राउत रहनु भएको छ । नगर सैनिक सघका भुपेन्द्र बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले उक्त कार्य समिती चयन गरेको हो । भुतपुर्ब सैनिक सघंका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामाना दिदै थापाले राज्यलाइ अहीले पनी पुर्ब सैनिकहरुको खाचो परेको बताउँनु भयो । उँहाले पुर्ब सैनिकहरुले आआफ्नो स्थानबाट शान्ती सुरक्षाका लागी लाग्न पर्ने बताउँदै स्थानीय बिकासकाक लागी सबै एक भएर लाग्न पर्ने बताउँनु भयो ।
