सम्पर्क

चौतारा बहुमुखी क्याम्पसले मनायो २४औं बार्षिकोत्सब

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको चौतारा बहुमुखी क्याम्पसले बिभिन्न कार्यक्रम सहित आफ्नो २४औं बार्षिक उत्सव मनाएको छ ।
बि.सं. २०५८ सालमा स्थापना भई स्नातक तहमा विज्ञान शिक्षा र व्यवस्थापन सङ्काय र स्नाकोत्तर तहमा शिक्षा सङ्कायको नेपाली र अंङ्ग्रेजी दुबै माध्यममा अध्यापन हुने क्याम्पसले शनिबार २४औ बार्षिकोत्सव मनाएको हो ।
प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेको प्रमुख अतिथ्यतामा र क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा सस्थापक कृष्णराज श्रेष्ठ बागमती प्रदेसका पुर्बमन्त्री बागमती प्रदेश सभा सदस्य युबराज दुलाल, माधबलाल कर्मचार्य, रामचन्द्र श्रेष्ठ लगाएत जग्गादाता, चन्दादाताहरुलाई सम्मान गरेको थियो । यसरी सम्मानीत हुनुहुनेहरुमा कमलमणी श्रेष्ठ, प्रा.डा.भुप प्रसाद धमला, रामकृष्ण दङ्गाल , प्रभात श्रेष्ठ रहनु भएको थियो ।
यसैगरी जग्गादाताहरु पुष्पलाल श्रेष्ठ, शोभितमान श्रेष्ठ, रामदेबी श्रेष्ठ, पण्डीत बाबुराम अधिकारी ज्ञान बहादुर श्रेष्ठ, तारानाथ दङ्गाल, सरस्वती दङ्गाल, उत्तर बहादुर श्रेष्ठ, मिनादेबी श्रेष्ठ, मिराज श्रेष्ठ, रहनु भएको थियो । यसैगरी क्याम्पसका उत्कृष्ट बिद्यार्थीहरु प्रमिला बिक लगाएतकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष ई.गम्भीरलाल श्रेष्ठको सभापतित्वमा भएको बार्षिकोत्सव समारोहका उपस्थित प्रमुख अतिथीहरुलाई क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष खिल बहादुर श्रेष्ठले शब्दद्धारा स्वागत गर्नुभएको थियो भने बिद्यार्थीहरुले स्वागत गितद्धारा स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन साहयक क्याम्पस प्रमुख राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने क्याम्पसका बर्तमान अबस्था र चुनौतीका बारेमा क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दगांलले प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा उहाँले स्नातोकर तहमा एम.बि.एस. कक्षा सञ्चालन तथा छात्रबास निर्माण लगाएतका कार्यक्रमको सुरु गरिने बताउँनु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी सभामुख देबराज घिमिरेले देश विकासको आधार नै गुणस्तरीय शिक्षा भएको धारणा राख्नुभएको छ । जहाँ गुणस्तरीय शिक्षाको बिकास हुन्छ । त्यहाँ बिद्यार्थीहरुको संख्या बढ्दै जाने र राज्यको पनि उपस्थिती बलियो हुने आफुले पाएको बताउँदै चौतारा बहुमुखी क्याम्पसले धरै मेहनत गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा आफुलाई खुशी लागेको बताउँनु भयो । चौतारा बहुमुखी क्याम्पसमा शिक्षा लिनुभएका धेरै जसो ब्यक्तिहरु राज्यको ठुला ठुला पदमा पुगेको थाहा पाउँदा आफुलाई खुशी लागेको बताउँदै घिमिरेले सिन्धुपाल्चोकको चौतारामा रहेको क्याम्पसबाट अझ बढी गुणस्तरीय शिक्षाको लागि पहल गरिन पर्ने बताउँनु भयो ।
बागमती प्रदेसका पुर्बमन्त्री प्रदेस सभा सदस्य युवराज दुलालले शिक्षा सिकाइका उपलब्धी हेर्दा चौतारा बहुमुखी क्याम्पस अरु भन्दा अगाडी रहेको बताउँनु हुँदै छात्रबासको ब्यवस्थापछी क्याम्पसमा बिद्यार्थीको संख्यामा अझ बृद्धि हुने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, नगरपालिकाको १४ वटै वडाका वडाअध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयमा प्रधानाध्यापक तथा शिक्षक विद्यार्थीलगायतको उपस्थिती रहेको थियो । २०५८ सालमा स्थापना भएको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तहमा विज्ञान शिक्षा र व्यवस्थापन सङ्काय र स्नाकोत्तर तहमा शिक्षा सङ्कायको नेपाली र अंङ्ग्रेजी दुबै माध्यममा अध्यापन हुने गर्दछ । छात्राबासको समेत सुबिधा रहेको क्याम्पसमा जिल्ला कै १२ वटै पालिकाका बिद्यार्थीहरु अध्ययनरत छन् ।