जस्तो काम उस्तै नाम बिदेस जाने पैसाले नेपालमै कमाइन्छ दाम भन्दै युवा समाजसेवी ब्यक्ती नकुल नेपालले रमाइलो गाँउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँनु भएको छ। यसको औपचारकि उद्धघाटन भने भाद्र १० गते सोमबार श्री कृष्ण जन्मअष्टमीका दिन देखी शुरु हुने भएको छ । नेपाल ड्राइभिङ सेन्टरकासफल ब्यबसायीका रुपमा परचित समाजसेवी नकुल नेपाल सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का स्थाइ बासिन्दा हुनुहुन्छ ।
उँहाले काठमाण्डौको चाहबेल गणेश स्थानमा अर्गानीक खानेकुराको ब्यवस्था गरेर रमाइलो गाउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँन लाग्नु भएको हो । लोप हुँदै गएको घट्टमा पिदेको लोकल अर्गानिक पिठोको ढिडो ,ढिकीमा कुटेको चामाल ,ढुङे धारा,आगोमा दाउरा बालेर पकाएको स्वादिष्ट ताजा खाना नास्ताको ब्यवस्था भएको सिलौटामा बनाइएको अचार सहित गाउले परिकार सामाग्रीहरु तैयार गरि खुवाइने सञ्चाक नेपालले जानकारी दिनु भयो ।
नेपालले गाँउ गाँउमा उत्पादन भएका अर्गानिक सामाग्रीहरु लाइ पहीलो प्राथमिकतामा राखेर अर्गानिक सामाग्रीहरु लाइ प्राथमिकतामा राखी खरिद गरेर आफ्रनै रेष्टुरेन्टमा सामाग्री तैयार गरि खाना खाजा खुवाउँने बताउँनु भयो । उँहाले गाँउ गाँउमा उत्पादन भएका खाद्यन्न तरकारी पोषीलो रसिलो गुणस्तरिय हुने हुँदा यस्ता खालका सामाग्रीलाइ प्राथमिकतामा राखेको बताउँनु भयो । रेष्टुरेन्ट उदघाटन भाद्र १० देखि हुने छ । सप्ताहब्यापी उद्धघाटन अबधीभर बिशेष छुटको ब्यवस्था गरिएको छ । उँहाले आफ्नो रेष्टुरेन्टमा आँउन चाहाने र ठाँउ पत्ता लगाउँन नसक्नेहरुका लागी ९८५१०३४३८५ सम्पर्क गर्न अनुरोध गर्दै १०,१२ लाख लगानी गरेर बिदेसमा गइ काम गर्नु भन्दा थोरै आम्दानी भए पनी नेपालमा नै केही व्यवसाय गरेर बस्न का लागी सबैलाइ आग्रह समेत गर्नु भएको छ ।
