सम्पर्क

सवारी ठिक छ की छैन हेरेर मात्र सवारी चलाउँन नगर प्रमुख आइतमानको अनुरोध

दुर्घटनाबाट बच्नका लागी सब भन्दा पहीले सवारी चालकले आफु र आफुले चलाउँने सवारी ठिक छ की छैन हेरेर मात्र सवारी चलाउँन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उाहाले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने शब्दलाइ मनन गरेर जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिष्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले मापासे,लापासे तथा बिग्रीएका सवारी साधन का बारेमा थाहा हुन साथ सबैसाधरणले पनी नजीकको प्रहरीलाइ खबर गरिदिन अनुरोध गर्नु भयो । उँहाले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची क्षेत्रमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।   नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा मेलम्ची १३ फटाकशिलामा सम्पन्न चेक जाँचमा १५० भन्दा बढीलाइ चेक जाँच गरेको ट्राफिक प्रहरी प्रमुख गोपीराम भण्डारीले जानकारी दिनुभयो । सवारी दुर्घटनाको मुख्य कारण लागु पदार्थ सेवन (लापसे) र मापसे रहेको पाइएपछि दुर्घटना न्युनीकरणका लागि दिनहुँ जसो चेकजाँचमा समेत कडाइ गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा बन्देउमा सवारी चालकहरुलाई सवारी नियम पालना गरे÷नगरेको बिषयमा चेक जाँच गरेर शुरु गरिएको यो अभियान शुक्रबार मेलम्चीमा गरिएको हो । ट्राफिक प्रहरी कार्यालय अधेरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवम रोकथामका निमित्त यो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रमुख गोपिराम भण्डारीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची आउँने र जाने सबै खाले सवारी साधनहरुमा चेक जाँच गरिएको थियो ।