साना साना बालबालिकालाइ जे सिकायो त्यही सिक्ने हो त्यसैले सानासाना बालबालिकालाइ राम्रो र गुणस्तरिय शिक्षा सिकाइ दियो भने राम्रो हुने बागमती प्रदेस सभा सदस्य माननीय कुमारी स्याङ्तान(तामाङ ) ले बताउँनु भएको छ । उँहाले शिक्षकहरुको मेहनत अनी सकारात्मक शिक्षा सिकाइका कारण ठुला ठुला बैज्ञानीकहरु बन्न सक्ने बताउँनु भयो । उँहाले इन्द्रावती गाँउपालिका स्थित श्री ईन्द्रावती आधारभूत विद्यालय का बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गर्दै यस्तो बताउँनु भएको हो ।
ईन्द्रावती गाउँ पालिक वडा नं. १२भाङ्गटारमा रहेको उक्त बिद्यालयमा अध्ययनरत १३५जना बिद्यार्थीलाइ जित फाउन्डेसन नेपालको सहयोगमा उक्त समाग्रीहरु बितरण गरिएको हो । राप्रपा सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २ प्रदेश क अध्यक्ष बाबुराम खड्का , प्रदेश क उपाध्यक्ष इन्द्र बहादुर अधिकारी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय कोषाध्यक्ष नारायणी राई , उपाध्यक्ष चक्र बहादुर अधिकारी,पालिका सचिव भुपेन्द्र बानीया लगायत को उपस्थितीमा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभासदस्य माननीय कुमारी स्याङ्तान(तामाङ )रहनु भएको थियो । सो अबशरमा जित फाउन्डेसनका अध्यक्ष बद्री सिलवालले विशेष आतिथ्यता गर्दै आफुहरुले अभिभावक बिहीन बालबालीकालाइ शिक्षाको लागी खर्चको समेत व्यवस्था गरिरहेको , शिक्षामा मात्र होइन कृषीमा पनी आफुहरुले सहयोग गरी रहेको बताउँनु भयो । कार्यक्रम वरिष्ठ समाजसेवी बाबुराम खड्का लगायत अन्य बौद्धिक व्यक्तित्वहरूको आतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको हो । सो अबशरमा बिद्यालयका प्र अ माधब प्रसाद नेपालले सहयोगी जित फाउन्डेसनका अध्यक्षबद्री सिलवाल , प्रमुख अतिथि , अतिथि तथा सम्पूर्ण उपस्थित अभिभावक हरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ भन्नु भयो ।
