सिन्धुपाल्चोकको मात्रै होइन खेलजगतमा सबैको अभिभावक बन्दै बस्नेत
माघ १० गते देखि १७ गते सम्म पहिलोपटक काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ । शिक्षाको बिकास सँगै खेलकुदको बिकास गरे स्वास्थ्य र स्थानीय बिकासका लागी सहजता हुने बताउँदै आउँनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य सासद मोहन बस्नेतले यस बर्ष सभापती कप प्रतियोगिता गरेर डालोमा नगद पुरस्कार प्रदान गर्ने ब्यवस्था गर्नु भएको हो । नेपाली काँग्रेसका सभापती पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले रङ्गशालामा एक समारोहका बिच बिजेतालाइ नगद सहीत पुरस्कार बितरण गर्नु भएको हो । आयोजक बाग्मती प्रदेश लोकतान्त्रिक खेलकुद संघ लाई पेनाल्टी सुटआउटमा हराउँदै , संकटा फुटबल क्लब प्रथम सभापति कप २०८१ को बिजेता बन्न सफल भए सँगै ट्रफीसहित नगद रु (२६ लाख )पाएको छ । दोश्रो हुने लोकतान्त्रिक खेलकुद सघंबागमतीले १३ लाख प्राप्त ग¥यो । काठमाडौंको दशरथ...

