देबराज सुबेदी मेलम्ची , स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । मेलम्ची नगरपालिका र जालपादेवि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ(समिर)ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
स्वास्थ्य र राष्ट्रको लागी खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले देशको नाम उच्च राख्नको लागी खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद तामाङले खेलक्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताउनुभयो । उहाँले खेलकुद मैदान निर्माणका लागी र खेल क्षेत्रको विकासको लागी आफुले सधैं सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तह,प्रदेश र संघ सरकार संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।कार्यक्रमका विशेष अतिथि प्रहरी नायब महानिरिक्षक धुर्वराज राउतले विद्यार्थीहरुको प्रतिभालाई सम्मान गर्दै यसको सदुपयोग गरेर अगाडी बढ्नका लागी सुभकामना व्यक्त गर्नुभयो । नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नगरपालिकाको इतिहासलाई अझै उच्च बनाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा उपप्रमुख उमाप्रधानले २०६६ सालदेखि सुरुवात गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको भन्दै पढ्ने,लेख्ने संगै धेरै प्रतिभा मध्य खेलकुद पनि एक भएकाले उत्कृष्ट हुनेगरी कार्यक्रममा सहभागी हुन सुभकामना व्यक्त गर्नुभयो । उहाँले मर्यादित र अनुशासित भएर लाग्न आग्रह गर्दै भब्य,सब्य रुपमा सम्पन्न गर्न सबैजना लाग्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रद्र्धशनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रमका अध्यक्ष एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यार्थी खेलाडी हरुलाई अनुशासित हुन आग्रह गर्दै अनुशासित भएमात्र सफल भइने उदाहरण प्रस्तुत गर्नुभयो । नगर प्रमुख तामाङले नगरले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नुपर्ने भन्दै खेलाडीको हौषला तथा सहयोगका लागी नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले आगामी दिनमा नगरकप प्रतियोगिता आयोजना गर्ने उदेश्य रहेको अवगत गराउदै तयारी अवस्थामा रहन विद्यालय तथा विद्यार्थीलाई जानकारी गराउनुभयो । उहाँले खेलाडीको मर्म र भावना अफुले बुझेको भन्दै नगरपालिकामा खेल क्षेत्रको विकास र खेलाडीको विकासको लागी सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । खेलाडी,विद्यालय र शिक्षकहरुको अनुशासन प्रति असन्तुष्टि जनाउदै उहाँले अहिलेको क्रियाकलाप बाट आगामी दिनमा विद्यालयमा दिइने बजेट समेत हेरफेर गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकामा जन्मेर हाल नेपाल सरकारको उच्च पद हासिल गर्न सफल प्रहरी नायब महानिरिक्षक धुर्वराज राउत,सहमहान्यायधिबक्ता श्रीराम खनाल,नेपाल कानुन ब्यबशायी परिषदका सचिव लक्ष्मण खनाललाई सम्मान गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ,नगर प्रमुख आइतमान तामाङले संयुक्त रुपमा जिल्ला फुटबल सघं सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठलाई एथलेटिक्स र जिल्ला भलिबल सघंका उपाध्यक्ष रामचन्द्र सापकोटालाई भलिबल हस्तान्तरण गर्दै खेल सुरु गरिएको थियो । जयराम घोरासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य जालपादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद दुलालले राख्नुभएको थियो भने शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा लगायतले शुभकामना मनतव्य राख्नुभयो । प्रतियोगितामा २३ वटा विद्यालय सहभागी रहेका छन् भने ४० पदकका लागि प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।यो खेल १५गते समापन हुने छ ।
