सम्पर्क

कतारमा ६९ जना नेपालीहरुले गरे रक्तदान

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ठकुरी सहयोग संजाल, कतारको आयोजना र नेपाली रक्तदाता संघ, कतारको समन्वयमा “३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन् ।
“रक्तदान गरौ, मानविय तथा परोपकारी कार्यमा सहभागी हौ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै शुक्रबार अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा संघका अध्यक्ष खगेन्द्र शाही ठकुरीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
करिब १५० जना उपस्थिति रहेको कार्यक्रममा ९७ जनाले रक्तदान गर्नका लागी रजिष्ट्रेसन गरेका थिए। जस मध्य ६९जनाले रक्तदान गर्न सफल भएको र २८ जना रक्तदान गर्न बाट बञ्चित भएको कार्यक्रम संयोजक नमराज शाही ठकुरीले लोकप्रिय राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले हार्दिक आभार व्यक्त गर्नुभयो । रक्तदान गरेका दाताहरु,मिडियाकर्मीहरुलाई धन्यवाद प्रकट गर्दै कदर पत्र समेत प्रदान गरिएको थियोे । मानविय तथा परोपकारी कार्यमा शरिक भएर रक्तदान गर्नुहुने सबैलाई समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीले हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्नुभयो । शुक्रबार बिहान ८ बजे देखि दिनको १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।