सम्पर्क

नेपाल भूतपूर्व सैनिक संघ सिन्धुपाल्चोकमा कुल बहादुर राउत

नेपाल भूतपूर्व सैनिक सङ्घ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनले कुल बहादुर राउतलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । बिपी अध्ययन केन्द्र चौतारामा सम्पन्न अधिवेशनले विधान बमोजिम सचिवमा ज्ञानेन्द्र सिग्देल, कोषाध्यक्षमा जल प्रसाद लम्साल रहनु भएको छ । यसै गरी सदस्यहरूमा लालबहादुर थापा, विमला पोख्रेल, रमेश राउत कृष्ण अधिकारी, प्रकाश तामाङ, डिल्ली प्रसाद भटराइ, सुदर्शन काकी, कृष्ण तामाङ, खिल बहादुर तामाङ, गन बहादुर तामाङ, केदार चालिसे, श्रीध्वज लामा होम बहादुर कार्की , सागर तामाङ रहनु भएको १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत भएको हो । यसै गरी केन्द्रीय प्रतिनिधिमा मणीलोचन न्यौपाने भूपेन्द्र थापा, बोध विक्रम पण्डित, गोपाल जिरेल श्री ध्वज लामा सबै सम्मत हुनु भएको छ भने बागमती प्रदेश प्रतिनिधिमा बद्धी बहादुर तामाङ, शेर बहादुर तामाङ फरक बहादुर कार्की रमेश राउत, प्रकाश तामाङ र लिला बहादुर तामाङ रहनु भएको छ । यसै गरी अधिवेशनले टंक पुरीको संयोजकत्वमा भूपेन्द्र बहादुर थापा, मणि लोचन न्यौपाने बल बहादुर राउत र श्रीध्वज लामा सदस्य रहनु भएको सल्लाहकार समिती समेत सर्वसम्मत चयन गरेको छ । नेपाली काँग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको प्रमुख आतिथ्यतामा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको सभापति जंग बहादुर लामाको विशेष अतिथ्यतामा भएको अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठले पाटी भित्रको वैचारिक छलफललाई विवाद भन्न नमिल्ने बताउनु हुँदै आफूहरू सधैँ पाटीको विधि र बिधानमा चल्ने बताउनु भयो । त्यसै गरी पाटी सभापति जंग बहादुर लामाले काँग्रेसलाई विश्वास गरेर आउने हुने सबैलाई काँग्रेस भएको महसुस हुने गरी काम गर्ने बताउनु भयो । कार्यक्रममा पाटी सचिव भक्त ध्वज बोहराले नेपाली काँग्रेससँग आबद्ध सबै सघंसंस्थाका पदाधिकारी सदस्य सबैलाई पाटीले कामका आधारमा उच्च मूल्याङ्कन गर्ने बताउनु भयो । कार्यक्रममा महासमितिका सदस्यहरू बशंलाल तामाङ, भरत खड्का, महाधिवेशन प्रतिनिधिहरू बिल बहादुर तामाङ, उद्धव बानियाँ, पूर्व सभापति भूपेन्द्र थापा, भूपू प्रहरी सघं केन्द्रीय कोषाध्यक्ष लक्ष्मी प्रसाद लिम्बु, केन्द्रीय सङ्गठन विभागका सदस्य गर्ज बहादुर गुरुङ, केन्द्रीय सदस्य भूपेन्द्र थापा बलदेब तिमील्सीना लगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।