सम्पर्क

साँगाचोकमा चार दिने अर्गानिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी वडा नं. १२ मा रहेको कमलको फूल महिला बहुउद्देश्य सहकारी संस्थाको आयोजना तथा टेवाको आर्थिक सहयोगमा महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकणको लागि दिगो कृषि कार्यक्रम अन्तर्गत अर्गानिक तरकारी खेती सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापाले एक समारोहका बिच तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुहुँदै तालिम समापन गर्नुभएको हो । माघ १३ गते देखी सुरु भएको तालिम ४ दिनसम्म भलेको थियो । तालिममा सहभागीहरुले कोमलको फुल महिला बहुउद्धेश्यिय सहकारी संस्थाले चार पदनसम्म तालिममा सहभागी गराएर स्थानीय स्तरमा गरिने तरकारी खेतीका लागी पाइने बिउ, स्थानीय स्तरमा पाइने सामाग्रीहरुबाट मल, किटनासक औषधी बनाउँन सिक्नुका साथै खेर गइरहेको जग्गालाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिने वातावरण तैयार भएको बताएका छन् । उक्त तालिमबाट हामीले खिरो, तितेपाती, गाईको पिसाब, जस्ता स्थानीय सामाग्रीबाट किटनासक औषधी उत्पादन गर्न सकिने र गाईभैसीको पिसाब, गोबरबाट मल बनाएर अर्गानिक तरकारी उत्पादन गर्न सिकेको र अब आफुहरुले सिकेको सिपबाट अर्गानिक तरकारी खेती तालिममा सहभागी अस्मीता खड्काले बताउँनु भयो ।
अर्का सहभागी जुना माझीले तरकारी उत्पादनका लागि व्याड कसरी राख्ने कसरी तरकारी फलाउँने भनेर सिक्न पाँउदा आफुलाई खुशी लागेको र अब आफुले सिकेको सिप अरुलाई पनि सिकाउँने बताउँनु भयो । यसैगरी अर्का सहभागी मनमायाँ कार्कीले सिकेको सिपलाई आफ्नो छरछिमेकलाई पनि सिकाउँदै अर्गानिक खेतीमा लाग्ने बताउँनु भयो । प्रशिक्षक नितेस घिमिरेले कृषी क्षेत्रमा आफुले गरेको ज्ञान बाड्न पाउँदा खुशी लागेको बताउँनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख सिता थापाले कार्यक्रममा सहभागीहरुलाई आफुले सिकेको सिपलाई तत्काल व्यवहारमा उतार्न र खेतीमा अगाडी बढ्न अनुरोध गर्नुभयो । यसैगरी नगर सामाजिक बिकास संयोजक राम प्रसाद गौतमले सिप सिकेर चुपचाप बस्ने हो भने यसको कुनै अर्थ नहुाने हुँदा कम्तीमा पनी सिप सिकेपछी त्यसको सदुपयोग गर्न पर्ने बताउँनु भयो ।
वडा नं. ११ का वडा अध्यक्ष रोशनराज गिरीले मल, जल, मन मिलेर धन उत्पादन गर्न लागी पर्न पर्ने बताउँनु हुँदै आफ्नो योवजना भनेकै कृषी उत्पादन भएकाले यसलाई सहयोग गर्न वडाले नयाँ नयाँ कार्यक्रम ल्याएको बताउँनु भयो । यसैगरी वडा नं. १२ का वडा अध्यक्ष दिपेन्द्र नेपालले उत्पादनमुलक काममा आफूहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो । कार्यक्रमको समापन गर्दै सहकारीका अध्यक्ष सिता पौडेलले तालिम लिएकाहरुले व्याड बनाएपछी तरकारीको बिउ दिने र बिउ राखेपछी प्लाष्टिक दिने अनि आबश्यक समान दिएर सहयोग गर्ने बताउँनु भयो । जुगल बहुमुखी क्याम्पस साँगाचोकमा भएको तालिममा १०, ११, १२ नं.वडाका जम्मा तिस जनालाई तालिममा सहभागी गराइएको थियो ।