सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १०का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएकने हो ।
नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रा पालन गर्ने तरिका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा कृषकहरूलाई तरकारी खेती, खाद्यान्न उत्पादन र बाख्रा, भैसि पालन गर्नका लागि कृषि विकास बैकबाट सरल कर्जा दिने व्यवस्था भएको कृषि विकास बैकका चौतारा शाखाका प्रबन्धक सर्जना महर्जनले जानकारी दिनुभयो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती गर्न, पशुपालन तथा कृषी उद्यमीलाइ यस कार्यक्रम सम्पन्न गर्न जागरुप गराउनुका साथसाथै उत्पादनमुलक कामका लागी सहयोग गर्ने चौतारा सागाचोकगढी वडा अध्यक्ष तामाङले बताउनु भयो । सरल कर्जामा ऋण पाएमा यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रम संचालन गर्ने कृषकहरुको भनाई रहेको थियो ।नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रको संञ्चालन संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो ।
