गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताउँनु भएको छ । २४ औं सशस्त्र प्रहरी दिवस ‘सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु’मा आयोजित विशेष समारोहलाई प्रमुख अतिथीको आशनबाट सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा गृहमन्त्री लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । उाहाले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याउँन सफल धएको बताउानु भयो । २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा बुधबार हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीलखकले दंग तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको छ,’ ’कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ ’ भन्नु भयो । गृहमन्त्रीलेखकले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको र संयुक्त राष्ट्र संघीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताउँनु भयो । सो अबशरमा सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गर्नु भयो । मन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको जानकारी दिनु भयो ।उँहाले इमान्दारिता पूर्वक कर्तव्य निर्वाह गर्ने सन्दर्भमा आइपर्ने कुनैपनि समस्यामा सकल दर्जाको पेसागत सुरक्षाका लागि नेपाल सरकार र गृह मन्त्रालय अभिभावकत्व प्रदान गर्ने विश्वास दिलाउँदै उनले सशस्त्र प्रहरी सम्बन्धी कानुनलाई केही दिनभित्रै संसद्मा दर्ता गरिन लागेको बतायँनु हुँदै सम्पुर्ण अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको , लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिएको जानकारी दिनु भयो ।समारोहमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नं ३ गढीमाई बाहिनीका प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नु हुँदैसशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपिएफ वर्ष पुस्तक’ लोकार्पण गर्नु भयो ।सो क्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यसअवसरमा भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास प्रदर्शन गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवादको क्रममा संगठनलाई डो¥याउन अग्रजहरुले देखाएको त्याग, बलिदान र समर्पणको उच्च प्रशंसा गर्नुहुँदै कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहत श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्यपालनको शिलशिलामा घाइते भई उपचाररत सकल दर्जाका राष्ट्रसेवकको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले स्थापनाको २५औं बर्षमा आफ्ना नविन पाइलाहरु पदार्पण गरिरहँदा संगठनले राष्ट्रिय जीवनमा आइपरेका विभिन्न घटनाक्रम तथा चुनौतीहरुमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आईरहेको उल्लेख गर्नुहुँदै भविष्यमा समेत देश र देशवासीलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार रुप दिई सुशासन तथा तिब्र आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्ध रहेको बताउनुभयो । सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यसवर्ष लागुऔषध विरूद्धको वर्ष मनाउने निर्णय गरेको छ ।चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड छ लाख सात हजार बराबरको चोरीनिकासी नियन्त्रण गरेकामा चालु आवको छ महिनामा एक अर्ब पाँच करोड २९ लाख ७५ हजार बराबर राजस्व संकलनमा योगदान गरेको छ ।
