सम्पर्क

पूर्व शिक्षक दाहालद्वारा ३ सय ३७ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नवलपुर माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ३७ विद्यार्थीहरुको लागि मंगलबार न्यानो कपडा स्वेटर वितरण गरिएको छ ।
नवलपुरकै श्री सिदार्थ आधारभुत विद्यालयका पूर्व शिक्षक रामकृष्ण दाहालको पहलमा विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । दाहाल हाल अमेरिक बसोबास गर्दै समाजसेवा मा सक्रिय रहेका छन् ।
विद्यालयका प्रधानध्यपक सुरेन्द्रमान श्रेष्ठले दाहाललाई विद्यार्थीहरुलाई स्वेटर वितरण गरि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थी हरुको अध्यापन मा थप सहज हुने मा आफू विश्वस्त रहेको बताउनुभयो । विद्यालयमा स्वेटर ल्याउन विद्यालय का शिक्षिका चित्रकुमारी श्रेष्ठले पहल गरेका थिए । स्वेटर वितरण कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।