नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक शाखा अध्यक्षमा कमला पाख्रीन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज (बिहिबार) भएको चौथो अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी शाखाको उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आईसिं तामाङ, सह–सचिवमा रविन दनुवार र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा क्रमशः सरोज लामा, विपना तामाङ गोले, बरदान गुरुङ र प्रेम लामा चयन हुनुभएको छ ।
सोहीअनुसार संघीय प्रतिनिधिमा सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ रहनुभएको छ । त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझि, सुनिता रखाल र कविता श्रेष्ठ चयन हुनुभएको छ ।
