सिन्धुपाल्चोक जिल्लाको इर्खु माध्यमिक बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भगवान खड्का सर्बसम्मत चयन हुनुभएको छ ।
शुक्रबार भएको श्री इर्खु माध्यमिक विद्यालयको वि. व्य. स. तथा शिक्षक अभिभावक संघ पुनर्गठन कार्यक्रम ले अध्यक्षमा भगवान खड्कार सदस्यहरुमा युनिक तामाङ , माया श्रेष्ठ,ः डम्बर श्रेष्ठ,सदस्यः सञ्चु तामाङ ,सदस्यः कमला तामाङ ःवडा अध्यक्ष अमृत बहादुर दंगाल(वडा प्रतिनिधि ) लाइ सर्ब सम्मत गरेको छ भने शिक्षकअभिभावक संघको अध्यक्षमा धन बहादुर तामाङ र सदस्यहरुमासञ्जु तामाङ ,निमा तामाङ,गणेश कार्की,सुकमाया घिसिङ ओम कुमारी रानामगर रहनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं– ८ का वडा अध्यक्ष अमृत बहादुर दंगाल को अध्यक्षता , नगर शिक्षा प्रमुख मातृका आचार्य को प्रमूख अतिथ्यता मा वि. नि . गोपाल खड्का को विशेष आतिथ्यमा बिव्यस पुनर्गठन भएको हो । कार्यक्रममा वडा अध्यक्ष दङ्गालले शिक्षा क्षेत्रमा गरिने हरेक लगानीहरु एउटै उद्धेश्यबाट लगानी भएको हुन्छ यसको मुख्य उद्धेश्य भनेको गुणस्तरिय शिक्षा सकिाइ हो त्यस कारण शिक्षा सिकाइमा उपलब्धी हासिल गर्न सबै लागी पर्न पर्ने बताउँनु भयो । उँहाले नगरपालिकाबाट शिक्षा सिकाइका लागी आबश्यक पर्ने कुनै पनी कुरामा कन्जुस्याइ नगरेको र जँहा जती कुरा गरे पनी शिक्षा सिकाइमा सन्तोषजनक हिसाबले काम नभएमा आफुहरुले त्यसलाइ सहयोग गर्न नसकने भएकाले निर्बाचित पदाधिकारीहरुले पनी शिक्षा सिकाइमा ध्यान दिन पर्ने बताउँनु भयो । बिद्यालयका प्रअ प्रकाश दङ्गालले बिद्यालयमा परेका समस्याहरु समधानर्थ बिव्यस लाग्न पर्ने बताउँदै बिद्यालयका शिक्षक शिक्षीकाले बिद्यार्थीलाइ गुण स्तरिय शिक्षा प्रदानका लागी आबश्यक व्यवस्थापनका लागी बिव्यससले सक्रियताका साथ काम गर्न पर्ने बताउँनु भयो ।
