राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल निसान को आयोजनामा तथा यन्त्र स्कुलको समन्वयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
“लागु औषध दुव्र्यसनः युवा पुस्ताको चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा सफल लिबर्टी एकेडेमी प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इष्ट पोइन्ट एकेडेमी द्वितीय र जीवनतारा एकेडेमी तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेको छ । काठमाण्डौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारी, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामाजिक अभियन्ता उत्तम पुडासैनीलगायत सम्पूर्ण सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष सौर्यनाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो । उक्त अवसरमा निसानका प्रमुख सल्लाहकार ओम प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।
