सम्पर्क

शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा कारबाही हुन्छः नगरप्रमुख सापकोटा

विद्यालयका शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनु भएको छ । डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६५आंै बार्षीकोत्सव को उद्घाटन गर्दै उँहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा सिकाइका लागि जस्तोसुकै सहयोग गर्न पनि चौतारा साँगाचोकगढी नगरपालिका तैयार रहेको तर गुणस्तरीय शिक्षा सिकाइमा विद्यालय परिवार अझ बढी सक्रियताका साथ उत्कृष्ट नतिजा ल्याउन तैयारीका साथ लागी पर्न अनुरोध गर्नु भयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागी शिक्षक अभिभावक विद्यार्थी सबै लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले जनप्रतिनिधि हुनका लागी दलको नेता भएरै हुने हो तर जनप्रतिनिधि भएपछि सबैको साँझ भएर काम गर्नपर्छ भन्नु हुँदै आफू माओवादीको केन्द्रीय स्तरको नेता भएको तर जनप्रतिनिधि भएपछि पाटीको कामलाई थाती राखेर विकासका लागी काम गरिरहेको बताउनु भयो । उहाँले मान्छे आफ्नो भएर हुँदैन राज्यको कानुन नीति हुन्छ, त्यो नीति भित्र रहेर काम गर्नपर्छ भन्नु हुँदै कृषि उत्पादनमा दिइएको अनुदान सहयोगलाई कृषकले सही ठाउँमा सदुपयोग गरेर उत्पादनमूलक काममा सबै लाग्न पर्ने बताउनु भयो । उहाँले नगरपालिकाले दलित समुदाय माझी समुदायलाई रु १ लाख सम्मको बिमा नगरपालिकाले गर्ने व्यवस्था गरेको बताउनु भयो । यसै गरी विशेष अतिथि वडा नं. १४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले विद्यालयको शिक्षा सिकाइका लागी वडाले समेत आवश्यक बजेटको व्यवस्था गरेको भए तापनि सिकाइमा उपलब्धि हुन नसकेकोमा विद्यालय प्रशासनले विशेष ध्यान दिन पर्ने बताउनु भयो ।
अर्का विशेष अतिथि विद्यालयका संस्थापकका छोरा जीवन विज्ञानका गुरु रमेश नेपालले ध्यान भनेको मानिसको सबैभन्दा ठुलो धन हो सबै कुने पनि काममा ध्यान पुग्न सकेन भने त्यो काम बिग्रन सक्छ त्यसैले ध्यानको अति महत्त्व रहेको बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास संयोजक वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले संघीयता लागु नहुँदा देखी छुटै पहिचान बोकेको वडा नं. १४ ले असहले कृषिमा गरेको प्रगतिका कारण आफूलाई खुसी लागेको बताउँदै विद्यालयले गरेको प्रगतिका बारेमा चर्चा गर्नुभयो । पूर्व वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले पछिल्लो समयमा विद्यालयमा शिक्षा सिकाइ भन्दा पनि राजनीति सिकाइ भएको हो की जस्तो भएको छ ।
विद्यालयका शिक्षकहरू राजनीति दलभन्दा विद्यार्थीप्रति उत्तरदायित्व बहन गर्नुपर्छ भन्नुभयो । पूर्व बिव्यस अध्यक्ष नेपाल पत्रकार महासघं काठमाण्डांै शाखाका सदस्य नेत्र बहादुर बस्नेतले आफ्नो कार्यकालमा साँगाचोकको नामबाट सञ्चालन रहेको बिद्यालयलयलाई गाउँको समेत पहिचान आउने गरी संस्थापकलाई समेत सम्मान हुने गरी नाम परिवर्तन गरेर विद्यालयको शिक्षालाई आधुनिकीकरण गर्दै लैजाने योजना अनुरूप कार्य भएको र अहिले पनि शिक्षा सिकाइमा प्रयोगात्मक शिक्षाको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दिवा खाजाको लागी विद्यालयमा रहेको जग्गालाई खेतीयोग्य बनाउने र विद्यालय वरिपरि रहेको जग्गामा तरकारी खेती गरेर भए पनि दिवा खाजा चलाउन पर्ने बताउनु भयो । कार्यक्रममा जुगल बहुमुखी क्याम्पसका अध्यक्ष गोविन्द पराजुलीले साँगाचोकमा रहेको जुगल बहुमुखी क्याम्पस सञ्चालनमा डडुवा भवानी शंकर माविले उत्पादन गरेका विद्यार्थीको ठुलो भूमिका रहने भएकाले कारण आफ्नो तर्फबाट डडुवालाई गर्न पर्ने सहयोग गरिरहने बताउनु भयो । कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा समाजसेवी नकुल नेपालले शिक्षा सिकाइ नै विद्यालयको मुख्य उपलब्धि भएकाले शिक्षा सिकाइमा नै सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रममा पूर्व बिद्याथी समाजका सचिव सरोज बोहराले विद्यालयको भवन राम्रो भयो तर शिक्षा गुणस्तरीय हुन सकेन, यसका लागि पूर्व विद्यार्थी समाजले गर्न पर्ने सहयोग गरी रहन्छ तर शिक्षा सिकाइमा उपलबधी हासिल हुन पर्ने बताउनु भयो । यसै गरी समाजका सल्लाहकार लक्ष्मण नेपालले विद्यालयको बिद्यार्थीहरुको शिक्षा सिकाइको नतिजाले विद्यालय राम्रो र नराम्रो भन्न सकिने बताउनु भयो । विद्यालयका प्रअ बद्री प्रसाद नेपालले प्रतिवेदन प्रस्तुत गर्ने भएको थियो भने स्वागत मन्तव्य सहायक प्र अ सचिन नेपालले राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कृष्ण नेपालको सभतित्वमा भएको वार्षिक उत्सव कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी,र अभिभावकलाई सम्मान गरिएको थियो । शिक्षक केवल कक्षपतीले सञ्चालन गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुको सस्कृती कार्यक्रमले मनोरञ्जन समेत दिलाएको थियो ।