माघ १० गते देखि १७ गते सम्म पहिलोपटक काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ । शिक्षाको बिकास सँगै खेलकुदको बिकास गरे स्वास्थ्य र स्थानीय बिकासका लागी सहजता हुने बताउँदै आउँनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य सासद मोहन बस्नेतले यस बर्ष सभापती कप प्रतियोगिता गरेर डालोमा नगद पुरस्कार प्रदान गर्ने ब्यवस्था गर्नु भएको हो । नेपाली काँग्रेसका सभापती पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले रङ्गशालामा एक समारोहका बिच बिजेतालाइ नगद सहीत पुरस्कार बितरण गर्नु भएको हो । आयोजक बाग्मती प्रदेश लोकतान्त्रिक खेलकुद संघ लाई पेनाल्टी सुटआउटमा हराउँदै , संकटा फुटबल क्लब प्रथम सभापति कप २०८१ को बिजेता बन्न सफल भए सँगै ट्रफीसहित नगद रु (२६ लाख )पाएको छ । दोश्रो हुने लोकतान्त्रिक खेलकुद सघंबागमतीले १३ लाख प्राप्त ग¥यो । काठमाडौंको दशरथ रंगशालामा मा भएको सभापति कप फुटबल प्रतियोगिता पहिलोपटक आयोजना भएको थियो भने सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको थियो ।बिहीबार दशरथ रंगशालमा भएको फाइनलमा संकटा एफसीले आयोजक लोकतान्त्रिक बागमतीलाई सडन डेथमा ४–३ ले हराएर च्याम्पियन बनेको थियो ।नकआउट फुटबल प्रतियोगितामा धेरै धेरै पुरस्कार घोषणा गर्ने र अनि चेक मात्र दिएर नगद रकम दिन कुराउने गुनासो आइरहँदा सभापति कपको आयोजकले भने विजेता र उपविजेतासहित प्लेअर अफ दि म्याच, खेलको म्याच मनी सबै नगद नै प्रदान गरेको हो ।सभापति कप फुटबलमा गोलकिपरहरु हावी बन्दा संकटाका गोलकिपर दिप कार्की सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुनु भयो। समारेहमा पुरस्कार प्रदान गर्नु हुँदै नेपाली काँग्रेसका सभापती पुर्ब प्रधान मन्त्री देउवाले खेल जगतको बिकासका लागी लोकतान्त्रीक खेलकुद सघले गरेको कार्यको प्रशंसा गर्नु हुँदै जुनसुकै बिकासका कार्यक्रममा सक्रियता र सफलताका साथ काम गर्नु भइ खेलाडीहरुलाइ हौसला प्रदान गर्नु हुने मोहनबहादुर बस्नेत लगाएत सम्पुर्ण आयोजक हरु,खेलाडीहरु उपस्थित सबैमा बिशेष धन्यबाद ब्यक्त गर्नु भयो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला क्षेत्र न २का साँसद पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले खेलको बिकास भयो भने स्वास्थ्यको बिकास हुने भएकोले पनी खेल जगतको बिकासका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । बस्नेतको नेतृत्वमा रहेको नेपाली काँग्रेस सँग आबद्ध लोकतान्त्रिक खेलकुद संघ को आयोजनामा सभापति कप प्रतीयोगिता गर्नु भए पछी उँहा देसकै अभिभावकको भुमिका निर्बाहमा रहनु भएकोउपस्थित दर्शक सहभागी हरुले बताएका छन ।
सहभागी नेपाल तेकान्दो सघ जिल्ला कार्य समितीका सचिब कुमार बस्नेतले खेल मात्र होइन बिपद पर्दा तत्काल पिडीतकँहा पुगेर रहातको व्यवस्था गर्नु हुने हरेक क्षेत्रमा उँहाले गर्ने गरेको बिकासका कारण सबैको अभिभावक भएको बताउँनु भयो ।नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति द्वारा समितिका संयोजक, नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेत को सभापतित्वमा आयोजित सभापति कप -२०८१ नेपाली कांग्रेसका सभापति पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभापति कपमा ८ टोलीको सहभागिता रहेको थियो ।